भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सम्पदा संरक्षण गर्नु सबैको साझा दायित्व होः नगर प्रमुख प्रजापति

सम्पदा संरक्षण गर्नु सबैको साझा दायित्व होः नगर प्रमुख प्रजापति

भक्तपुर । सल्लाघारीस्थित धलाँखुसि फल्चा (पाटी)को शिलान्यास भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं.१ बुधबार एक कार्यक्रमबीच शिलान्यास गर्नुभएको हो । सम्पदा भनेको देशको सम्पत्ति र पहिचान भएको हुँदा सम्पदा संरक्षण गर्नु सबैको साझा दायित्व भएको प्रमुख प्रजापतिले बताउनुभयो ।

भक्तपुर नपाले हालसम्म १४५ वटा भन्दा बढी सम्पदाहरु पुनःनिर्माण सम्पन्न गरिसकेको उल्लेख गर्दै सम्पदा पुनःनिर्माणमा उपभोक्ता समितिमार्फत जनसहभागिता र जनश्रमदानबाट काम हुनु नै भक्तपुरको विशेषताको रुपमा रहेको बताउनुभयो ।

उहाँले भक्तपुरको विकास जनता आफैले गरेको बताउँदै उहाँले यहाँका मूर्त र अमूर्त सम्पदाहरुका कारण भक्तपुर पर्यटकीय गन्तव्यस्थलको रुपमा पनि विकास हुँदै गइरहेको धारणा राख्नुभयो । भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताउँदै उहाँले नगरमा खानेपानी समस्या समाधानको लागि ठाउँ ठाउँमा जग्गा खरिद गर्दै बोरिङ कार्यलाई अगाडि बढाउँदै आएको बताउनुभयो ।

कुनै पनि सम्पदा निर्माण हुनु आफैमा गौरवको विषय भएको तर ती सम्पदाहरुको नियमित मर्मत सम्भार पनि गर्नुपर्नेमा उहाँले बताउनुभयो । कार्यक्रमका सभापति भक्तपुर नपा वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडाको विकास निर्माण र आगामी योजनामाथि प्रष्ट पार्दै नगरबासीहरुको साथ र सहयोगले वडाको कामले तीव्रता पाइरहेको बताउनुभयो ।

समाजसेवी कृष्णबहादुर दुगुजुले भक्तपुरका खानेपानीको स्रोतहरु सुक्दै गएकोले नयाँ स्रोतको खोजी गर्नुपर्ने बताउँदै भक्तपुरका निर्वाचित जनप्रतिनिधिले घोषणापत्रअनुसार काम गर्दै आइरहेको स्पष्ट पार्नुभयो । गुठियार सूर्यभक्त चौगुठीले पाटी पुनःनिर्माण कार्यमा वडा समिति, उपभोक्ता समिति र भक्तपुर नपाले आवश्यक सहयोग र समन्वयमा सहजता प्रदान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा सदस्यद्वय गंगा बमनु र सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.