भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आमसञ्चार प्रतिष्ठानका काम अगाडि बढ्छ : कानुनमन्त्री जिसी

आमसञ्चार प्रतिष्ठानका काम अगाडि बढ्छ : कानुनमन्त्री जिसी

कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले आमसञ्चार प्रतिष्ठानका काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य स्व त्रिभुवन पौडेलको १३औँ दिनको पूण्य तिथिको अवसरमा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा दिवङ्गत पौडेलको आत्माको चिरशान्तिको कामना गर्दै उहाँको सपना र बाटोलाई अँगालेर जान पत्रकारलाई आग्रह गर्नुभयो ।

सो क्रममा उहाँले अहिलेसम्म रोकिएको आमसञ्चार प्रतिष्ठानको काम अगाडि बढ्ने, घाइतेको लागि निःशुल्क बीमा र संरक्षण कोष खडा हुने बताउनुभयो । त्यस्तै, अहिलेको प्रविधि उपयोग गरी प्रदेशस्तरीय सुरक्षा योजना निर्माण गरिने उहाँले जनाउनुभयो । कानुनमन्त्री जिसीका अनुसार प्राकृतिक विपत्तिका कारण मानवीय क्षति हुन नदिन विपद् व्यवस्थापनका लागि मन्त्रालयले कार्ययोजना बनाउनेछ ।

 


Thali Mobile Pvt.Ltd.