भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

राष्ट्रपति भ्लादिमिर पुटिन बल्छी बाेकेर समुन्द्रमा गएपछि…

राष्ट्रपति भ्लादिमिर पुटिन बल्छी बाेकेर समुन्द्रमा गएपछि…

रुसका राष्ट्रपति मात्र नभई विश्वचर्चित व्यक्तित्व यानीकी, विश्वका शक्तिशाली व्यक्तिको सूचीमा परेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वमा आफ्नो शक्तिलाई जसरी सन्तुलित गराएर राखेका छन्, त्यसरी नै उनले आफ्नो शरीरलाई भने सधैं सन्तुलनमा राख्ने गरेका छन् ।

अमेरिकी पत्रिका फोर्ब्सको सूचीमा ५ पटकसम्म शक्तिशाली सूचीमा परेका उनले परिवारलाई धेरै समय दिन नसक्दा उनकी श्रीमती ल्युडमिलाले उनलाई छाडेपछि उनी अहिले एक्ला छन् । सन् २००० देखि कहिले राष्ट्रपति त कहिले प्रधानमन्त्री बनेर राज्यको कार्यकारी भूमिकामा रहेका उनी दुई दशकदेखि रुसको शक्तिशाली राष्ट्र प्रमुख र सरकार प्रमुख समेत बनेर बसे ।

सन् २०१३ मा ल्युडमिलासँग सम्बन्ध बिच्छेद भएपछि उनी अहिले एक्लै छन् । ल्युडमिलासँग पुटिनको १९८३ मा पहिलो विवाह भएको थियो । पुटिनकी छोरीहरु क्याटि्रना तथा मारिया करिब ३२ वर्षका भएका छन् । यी दुबै छोरीहरु राजनीतिलाई रुचाउने खालका छैनन् । त्यसैले पनि हुन सक्छ उनीहरुलाई कहिलैपनि सार्वजनिक कार्यक्रममा भेटिँदैन । ल्यूडमिलासँग सम्बन्धविच्छेद भएपछि पुटिनको जिन्दगीको विषयलाई लिएर धेरै सवालहरु उठ्ने गरेका थिए ।

व्यक्तिगत जीवन

पुटिनको व्यक्तिगत जीवनलाई हेर्दा सामान्यतया कूटनीतिक र शालीन स्वभावको देखिन्छन् राष्ट्रपति पुटिन । उमेरले ६७ वर्षको भएपनि न त पुटिन देख्नमा बुढेशकाल लागेको जस्ता देखिन्छन् न त उनको शरीरले नै उनलाई बुढो भएको जनाउँछ । नियमित अभ्यास र खानपानको कारण पुटिन सधैं तन्नेरी देखिने गर्छन् ।

पुटिन आफैंमा व्यायाममा धेरै रुचि राख्ने व्यक्तिमा पर्छन् । पुटिनको दैनिक तालिकामा बिहान ढिलो गरी सुरुहुन्छ । उनी उठ्ने समय दिउँसो नै हुन्छभन्दा हुन्छ । उठे लगत्तै उनको धेरै समय व्यायामको लागि खर्च हुने गर्छ । आफ्ना निकटस्थहरुसँग बिहानी बि्रफिङ र धेरै व्यायामहरुसँगै सुरु हुन्छ उनको दैनिकी ।

सन् २०१४ मा न्यूजविकका पत्रकार बेन यहूदाले पुटिनको प्रोफाइल तयार पारेका थिए । सन् २००० देखि हालसम्म सत्ताको बागडोर सम्हालेका पुटिनको जीवनशैली भने अरुको जस्तो सामान्य र परम्परागत छैन । खानामा भ्लादिमिरको अचम्मको बानी छ । शहरभरीमा अभद्र व्यवहार गर्ने कुकुरहरुलाई उनी देखि सहँदैनन् । त्यस्ता कुकुरको मासु र कोयलको अण्डा अत्यधिक रुचाउने गर्छन् उनी ।

पुटिन अरुजस्तो बिहान नै उठेर तयार हुने खालका राष्ट्रपति होइनन् । उनी दिउँसो मध्याहृन अघि उठ्छन् र अरुले लन्च लिने बेलामा बिहानको खाजा खान्छन् । बिहानको खाजामा उनी सामान्यतया ठूलो अम्लेट ठूलै भाँडोमा हालेर खान रुचाउँछन् । जसमा अण्डाको साथमा फलफूलको रस पनि मिसाउनु पर्छ ।

उनी आफैं एकचोटी आˆनो खाना सिध्याइसकेपछि उनी कफी पिउने गर्छन् । बिहानको खानापछि उनको दैनिकी व्यायामसँगै सुरु हुन्छ । न्यूजविकले तयार पारेको रिपोर्ट अनुसार पुटिन दैनिक दुई घण्टा पौडी खेल्ने गर्छन् । उनलाई शिकार खेल्न एकदमै मन पर्छ ।

दुई घण्टाको पौडी पछि उनी पुटिन जिमखाना तिर लाग्छन् । जिममा पनि उनको लामै समय बित्ने गरेको छ । यहूदाका अनुसार पुटिन आफ्नो कट्टरपन्थी छनोटमा रूढीवादी छन् ।

राज्यद्वारा सञ्चालित एक वेबसाइटले पुटिनको मनपर्ने कपडा ब्राण्डहरूको नाम उल्लेख गरिएको छ । जसमा उनलाई किटन र बि्रयोनी मन पर्ने भनिएको छ । रूसी राष्ट्रपति सामान्यतया दिउँसो काम गर्न भ्याउँदैनन् । उनी दिनभरी नै आफ्नै शरीरको सन्तुलनको लागि नै खर्च गर्ने गर्छन् ।

आफ्नो निजी कार्यक्रम सकेपछि अपराहृन पुटिन सामान्यतया बि्रफिङग नोटहरू पढ्नको लागि आफ्नो टेबुलमा बस्ने गर्छन् । यस्तो नोटहरु घरेलु खुफिया एजेन्सीहरु, विदेशी मामिलाका रिपोर्टहरू, साथै रूसी प्रेस र अन्तराष्ट्रिय मिडियाको क्लिपहरू समेत रहेका हुन्छन् । उनीसँग सम्बन्धित र रुससँग सम्बन्धित सबै किसिमका समाचार एवं सूचनाहरु त्यतिबेलासम्म उनको टेबुलमा पुगिसकेको हुन्छ ।

पुस्तकहरुमा उनलाई साहित्यिक पुस्तकहरु खासै मन पर्दैन । उनी प्रविधि तिर खासै ध्यान दिँदैनन् । बरु उनी पुराना पुराना प्रविधिहरु, कागजातहरुको रेड फोल्डर आदिमा धेरै मन दिन्छन् । उनी राति ढिलासम्म काममा नै लागि रहन्छन् । राति धेरै काम गर्ने र दिउँसोसम्म सुत्ने भएकोले उनलाई ‘उल्लु राष्ट्रपति’ समेत भन्ने गरिन्छ ।

उनी विदेश भ्रमणमा जाँदा उनी बस्ने होटलदेखि शौचालयसम्मका सबै सामानहरु परिवर्तन हुने गर्छन् । टेलिग्राफले केही समय अघि गरेको एक रिपोर्ट अनुसार पुतिनको मनपर्ने खाना पिस्ता आइसक्रिम हो । दुई वर्ष अघिको जी-२० शिखर सम्मेलनमा उनले चिनियाँ समकक्षी शी जिनपिङलाई समेत आइसक्रिमको टब उपहार दिएका थिए । साभार सामाग्री

 


Thali Mobile Pvt.Ltd.