भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

सबैले जानिराखाैं यसरी फैलिन्छ कोरोना संक्रमण : डा. रवीन्द्र पाण्डे

सबैले जानिराखाैं यसरी फैलिन्छ कोरोना संक्रमण : डा. रवीन्द्र पाण्डे

सामान्य रुघाखोकी लागेको एक जना व्यक्तिले १.३ जनालाई रूघाखाेकी सार्न सक्छ । एक जना रुघाखोकी लागेको व्यक्तिले १.३ जनालाई अनि १.३ जनाले १.३ * १.३ = १.६९ गर्दै १० पटक गुणन प्रक्रिया पुरा गर्दा १४ जनामा रुघाखोकी सर्दछ ।

तर कोरोना संक्रमण सामान्य फ्लु भन्दा ३ गुणा संक्रामक छ । WHO ले भनेकाे छ, एउटा कोरोना संक्रमितले २ देखि २.५ जना मान्छेलाई रोग सार्न सक्छ भने पनि धेरै अध्ययनले ३ जना व्यक्तिलाई सार्न सक्ने बताइएकाे छ ।

एक जना संक्रमितले ३ जना स्वस्थ्य व्यक्तिलाई कोरोना संक्रमण सार्न सक्छ भने ३ जनाले ३x३=९ जनालाई गर्दै यो प्रकृया १० पटक पुरा हुँदा ५९,०४९ जनालाई कोरोना संक्रमण सर्न सक्दछ । यो तथ्यांकले के देखाउँछ ।

१ जना व्यक्ति गैह्र जिम्मेवार बन्यो भने अन्य व्यक्तिले आफ्नो सुरक्षा सतर्कता अपनाएनन् भने तथा सरकारले लकडाउन, भिडभाड, आवतजावत नियन्त्रण गर्न सकेन भने १ जना संक्रमितले माथि उल्लेखित प्रकिया पुरा गर्दा ५९ हजार ४९ व्यक्ति कोरोना संक्रमित हुन सक्छन् ।

जुन व्यक्ति सेल्फ आइसोलेसनमा बस्छ अर्थात घरभित्र सुरक्षित रुपमा बस्दछ, उक्त व्यक्ति यो प्रकृयाको भागिदार हुँदैन । त्यस्तै अत्यावश्यक काम परेपछि मात्र घर बाहिर निस्किने, मास्क, चस्मा, पञ्जा प्रयोग गर्ने, न्युनतम ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने गर्नु पर्छ ।

साबुनपानीले हात धोइरहने तथा घर फर्केपछि बाहिरी कपडा, झोला, मास्क, चस्मा, पञ्जा बाहिर राख्ने, नुहाउने लगायतका सुरक्षित अभ्यास गर्दा कोरोना संक्रमणको चेन तोडिन्छ । जसले गर्दा माथि उल्लेखित किसिमले संक्रमण बिस्तार हुँन पाउँदैन ।

coronaत्यस्तै क्वारेन्टाइनलाई ब्यापक र प्रभावकारी बनाउने, परीक्षणको दायरा बढाएर संक्रमितलाई आइसोलेसनमा राख्ने एबम सिमाना पूर्ण सिल गर्ने काम शतप्रतिशत प्रभावकारी हुँदा संक्रमणको प्रक्रिया न्यून हुन्छ ।

यसरी सबैले याे कुरा अपनायाे भने हामीले काेराेना जस्ताे भाइरसलाइ नियन्त्रणमा लिन सक्छाैं । नत्र भने भयावह स्थितिकाे भागिदारी बन्नुकाे कुनै विकल्प रहने छैन ।

 


Thali Mobile Pvt.Ltd.