लिपुलेक लिम्पियाधुरा, हाम्रो कालापानी
संकटमा दुःख दिने नीति, मित्र तेरो बानी ।।
सबै प्रमाण सुरक्षित छन्, भैरब बाँचे कै छन्
बलभद्र भीमसेनका तरबार, अझै साचे कै छन् ।
संक्रमणमा बसिरदा, अतिक्रमण भयो
आमाको पेट चिरी हिड्दा बाँकी पो के रहयो ।
कस्को नुन खाएर बोल्छन, मन्त्री अर्याल को हुन्
कोभिड देई खतरा भाइरस हाम्रो देशमा नहुन् ।
विस्तारवादका विरुद्धमा, सबले मुठ्ठी कसौं
विश्वको अदालत लैजाऔं, सहेर न बसाैं।
कोशी र गण्डकी लग्यो, लग्यो महाँकाली
लिपुलेक र कालापानी, लग्दै छ यस्पाली ।
यो वार्ता त्रिपक्ष बनोस, चीन भारत र नेपाल
रगतले कोरेका सीमा, तुरुन्त लाउँ पर्खाल ।
बलभद्र र भीमसेन थापा अमरसिंह डमरु
बुहाँशा बागबनी आए अबकसो गरु ।
कता छ गोरखाली सेना, समचार पुग्यो कि
आमालाई कुल्चिने बेला, हृदय दुख्यो कि ।
दाई होइन भाइपनि होइन, साँद सीमाना मिच्ने
सरकारमा गएकाहरु, धेरै रैछन विक्ने ।
पूर्खा हाम्रा बाघ डमरु, हामी स्याल न बनौं
सरकार हाम्रो लाचारी छ, खोइ कसलाई क्या भनौ ।
के भयो कुट्नैतिक पहल उहिलेदेई आजसम्म
आदा भूमि लगि सक्यो, इन्को छैन ढंग ।
सीमानाका जंङगेपिलर, दशगजाको क्षेत्र
काँ थिए काँ पुगिसके, सरकार खोलाैं नेत्र ।
आईलागे जाई लाग्नु भन्ने, पुर्खाको अर्ति हो
जन्मदिने आमाभन्दा, ठुली माँ धर्ती हो ।
यो धर्ती पूर्खाको पौरख, पराधीन भएन
ठूल्दाईको हेपुवा नीति,कँही बाँकी रहेन् ।
पूर्वको सतलज नदी,पश्चिमको काँङगडा
लुटि लगे फिर्ता गर्नु, भन्थ्ये पूर्खा हाम्रा ।
साना देश डटेर लढे, क्युवा र कोरिया
हाम्रो देशका शासकहरु, खै किन घोरिया ।
लौ उठौं काँधमा–काँध मिलाऊँ कोही पछि न हटौं
राष्ट्र भन्दा ठूलो केहीनाई सबै मिली डटौं ।

