भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

शासकलाई देउडा गीतमार्फत थर्काए सिजापतिले

शासकलाई देउडा गीतमार्फत थर्काए सिजापतिले

लिपुलेक लिम्पियाधुरा, हाम्रो कालापानी
संकटमा दुःख दिने नीति, मित्र तेरो बानी ।।

सबै प्रमाण सुरक्षित छन्, भैरब बाँचे कै छन्
बलभद्र भीमसेनका तरबार, अझै साचे कै छन् ।

संक्रमणमा बसिरदा, अतिक्रमण भयो
आमाको पेट चिरी हिड्दा बाँकी पो के रहयो ।

कस्को नुन खाएर बोल्छन, मन्त्री अर्याल को हुन्
कोभिड देई खतरा भाइरस हाम्रो देशमा नहुन् ।

विस्तारवादका विरुद्धमा, सबले मुठ्ठी कसौं
विश्वको अदालत लैजाऔं, सहेर न बसाैं।

कोशी र गण्डकी लग्यो, लग्यो महाँकाली
लिपुलेक र कालापानी, लग्दै छ यस्पाली ।

यो वार्ता त्रिपक्ष बनोस, चीन भारत र नेपाल
रगतले कोरेका सीमा, तुरुन्त लाउँ पर्खाल ।

बलभद्र र भीमसेन थापा अमरसिंह डमरु
बुहाँशा बागबनी आए अबकसो गरु ।

कता छ गोरखाली सेना, समचार पुग्यो कि
आमालाई कुल्चिने बेला, हृदय दुख्यो कि ।

दाई होइन भाइपनि होइन, साँद सीमाना मिच्ने
सरकारमा गएकाहरु, धेरै रैछन विक्ने ।

पूर्खा हाम्रा बाघ डमरु, हामी स्याल न बनौं
सरकार हाम्रो लाचारी छ, खोइ कसलाई क्या भनौ ।

के भयो कुट्नैतिक पहल उहिलेदेई आजसम्म
आदा भूमि लगि सक्यो, इन्को छैन ढंग ।

सीमानाका जंङगेपिलर, दशगजाको क्षेत्र
काँ थिए काँ पुगिसके, सरकार खोलाैं नेत्र ।

आईलागे जाई लाग्नु भन्ने, पुर्खाको अर्ति हो
जन्मदिने आमाभन्दा, ठुली माँ धर्ती हो ।

यो धर्ती पूर्खाको पौरख, पराधीन भएन
ठूल्दाईको हेपुवा नीति,कँही बाँकी रहेन् ।

पूर्वको सतलज नदी,पश्चिमको काँङगडा
लुटि लगे फिर्ता गर्नु, भन्थ्ये पूर्खा हाम्रा ।

साना देश डटेर लढे, क्युवा र कोरिया
हाम्रो देशका शासकहरु, खै किन घोरिया ।

लौ उठौं काँधमा–काँध मिलाऊँ कोही पछि न हटौं
राष्ट्र भन्दा ठूलो केहीनाई सबै मिली डटौं ।

 


Thali Mobile Pvt.Ltd.