भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

यस वर्ष सस्तियो भेडाच्याङग्राको मूल्य, मध्यम वर्गका लागि सहज

यस वर्ष सस्तियो भेडाच्याङग्राको मूल्य, मध्यम वर्गका लागि सहज

म्याग्दी, १३ असाेज । दशैं नजिकिँदै गर्दा मुस्ताङबाट बजारमा ल्याइने भेडाच्याङग्राको मूल्य यस वर्ष सस्तिएको छ । व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा करिब रु. ५,००० र प्रतिकिलो जिउँदो च्याङग्रा रु. ५० देखि १०० सम्म घटेको हो ।

बेनीका उपभोक्ता भरत रकालका अनुसार गत वर्ष रु. ४० हजारमा खरिद गरिएको च्याङग्रा यसपालि रु. ३५ हजारमै पाइएको छ । उनले भने, “तीन वर्षअघि रोज्जा च्याङग्राको मूल्य प्रतिगोटा रु. ५२ हजारसम्म पुगेको थियो, अहिले भने धेरै सस्तो भएको छ ।मूल्य घटेपछि दशैंमा मध्यम वर्गले पनि सजिलै लेकाली मासुका परिकार खाने अवसर पाएका छन् ।”

नेपाल चौपाया खरिद बिक्री संघका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार मूल्य घट्नुका पछाडि केही प्रमुख कारण छन् : डोल्पा, मुगु, जुम्ला र तिब्बतबाट च्याङग्रा भित्रिनु,मुस्ताङमा च्याङग्रापालनमा वृद्धि हुनु, ‘जेनजी आन्दोलन’पछि मुलुकमा उत्पन्न असहज अवस्था र उपभोग घट्ने आशंका उनले भने, “च्याङग्रा आपूर्ति बढ्दा र उपभोग घट्ने डर हुँदा मूल्य घटेको हो ।”

 


Thali Mobile Pvt.Ltd.