भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यस वर्ष सस्तियो भेडाच्याङग्राको मूल्य, मध्यम वर्गका लागि सहज

यस वर्ष सस्तियो भेडाच्याङग्राको मूल्य, मध्यम वर्गका लागि सहज

म्याग्दी, १३ असाेज । दशैं नजिकिँदै गर्दा मुस्ताङबाट बजारमा ल्याइने भेडाच्याङग्राको मूल्य यस वर्ष सस्तिएको छ । व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा करिब रु. ५,००० र प्रतिकिलो जिउँदो च्याङग्रा रु. ५० देखि १०० सम्म घटेको हो ।

बेनीका उपभोक्ता भरत रकालका अनुसार गत वर्ष रु. ४० हजारमा खरिद गरिएको च्याङग्रा यसपालि रु. ३५ हजारमै पाइएको छ । उनले भने, “तीन वर्षअघि रोज्जा च्याङग्राको मूल्य प्रतिगोटा रु. ५२ हजारसम्म पुगेको थियो, अहिले भने धेरै सस्तो भएको छ ।मूल्य घटेपछि दशैंमा मध्यम वर्गले पनि सजिलै लेकाली मासुका परिकार खाने अवसर पाएका छन् ।”

नेपाल चौपाया खरिद बिक्री संघका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार मूल्य घट्नुका पछाडि केही प्रमुख कारण छन् : डोल्पा, मुगु, जुम्ला र तिब्बतबाट च्याङग्रा भित्रिनु,मुस्ताङमा च्याङग्रापालनमा वृद्धि हुनु, ‘जेनजी आन्दोलन’पछि मुलुकमा उत्पन्न असहज अवस्था र उपभोग घट्ने आशंका उनले भने, “च्याङग्रा आपूर्ति बढ्दा र उपभोग घट्ने डर हुँदा मूल्य घटेको हो ।”

 


Thali Mobile Pvt.Ltd.