भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

पीएम कप एनभीए भलिबल लिगको खेलतालिका सार्वजनिक

पीएम कप एनभीए भलिबल लिगको खेलतालिका सार्वजनिक

 

काठमाडौं । नेपाल भलिबल संघले आठौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगको खेलतालिका सार्वजनिक गरेको छ । यही जेठ १९ देखि २६ सम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजना हुने लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

२०८० चैत्र ३ देखि १० गतेसम्म काठमाडौंमा सम्पन्न आठौं आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ८ र महिलातर्फ उत्कृष्ट ६ टोली एनभीए लिगका लागि छनोट भएका हुन् । लिगमा सहभागि टिमले संघको नियमअनुसार ३ जना विदेशी खेलाडीलाई राख्न सक्ने प्रावधान गरेको छ ।

यस पटक एनभीए लिगको पुरुष र महिला दुवपैतर्फको विजेताले नगद ८ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले नगद ४ लाख र तेस्रो हुनेले २ लाख पाउनेछन् । त्यस्तै विधागततर्फ सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान ५० हजार तथा उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकले जनही २० हजार प्राप्त गर्नेछन् ।

 


Thali Mobile Pvt.Ltd.