भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

सेयर बजार ओरालो लाग्दा आत्तिए फाइनान्सकर्ता

सेयर बजार ओरालो लाग्दा आत्तिए फाइनान्सकर्ता

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज परिसूचक बिहीबार ७.३३ अंकले घटेको छ । बिहीबार २५८८.६२ अंकमा झरेको हो । फाइनान्स उपसूचकमा ठूलो गिरावट आएको छ ।

यसका साथै बैंक, विकास बैंक, होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, जीवन तथा निर्जीवन बीमा लगायत क्षेत्र रातो बनेपछि सेयर बजारमा गिरावट आएको हो ।

कारोबार दिन जलविद्युत् ३, प्रशोधन उद्योग, म्युचुअल फन्ड र व्यापार उपसूचक मात्रै सीमान्त रूपमा बढेका छन् ।

फाइनान्स कम्पनीका लगाीकर्ताले यो क्षेत्रमा बढी जोखिम रहेको महसुस गरेर सेयर बिक्री गरिरहेको हुन सक्ने स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष्य सन्तोष मैनाली बताउँछन् ।

बुधबारको तुलनामा बिहीबार कारोबार रकममा सामान्य वृद्धि भएर ५ अर्ब ९३ करोड पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.