भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालमा हाइड्रोजनबाट गाडी सञ्चालन

नेपालमा हाइड्रोजनबाट गाडी सञ्चालन

काठमाण्डौ । नेपालमा हाइड्रोजनबाट गाडी सञ्चालनमा आएको छ । नेपालमा पहिलोपटक हरित ऊर्जा अर्थात ग्रीन हाइड्रोजन उत्पादनसँगै हाइड्रोजनबाट गाडी सञ्चालनमा आएको हो ।

आधारभूत डिजाइनको हाइड्रोजन कार गएको मंसिरमा कोरियाबाट ल्याइएको थियो । यसअघि केयूले प्रयोगशालामा प्रयोग गर्नको लागि थोरै हाइड्रोजन उत्पादन गरे पनि इन्धनका रूपमा उत्पादन गरेको थिएन ।

काठमाण्डौ विश्वविद्यालय (केयू) को ग्रीन हाइड्रोजन ल्याबले अनुसन्धान प्रयोजनका लागि बनाएको धुलिखेलको स्टेसनबाट ग्रीन हाइड्रोजन उत्पादन गरेर कार चलाइएको हो । आफ्नै परिसरमा हाइड्रोजन रिफ्युलिङ स्टेशन बनाएर हाइड्रोजन इञ्जिनयुक्त कारमा हिजो हरित हाइड्रोजन भरेर गुडाइएको केयूले जनाएको छ ।

केयूले नेपालमा हरित हाइड्रोजनबारे अध्ययन तथा परीक्षण गर्नको लागि आफ्नै प्रविधिमा स्टेशन बनाएको हो ।

 


Thali Mobile Pvt.Ltd.