भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विभिन्न कम्पनीका मोबाइलहरू राजस्व र भन्सार छली बिक्री वितरण गर्ने योञ्जन पक्राउ

विभिन्न कम्पनीका मोबाइलहरू राजस्व र भन्सार छली बिक्री वितरण गर्ने योञ्जन पक्राउ

ललितपुर । ललितपुरबाट ३५ थान मोबाइलसहित एक जना पक्राउ परेका छन् । १५ लाख रुपैयाँ मूल्य बराबरका भन्सार छली चोरी पैठारी गरी ल्याएका मोवाइल सहित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

ललितपुरको बालकुमारी एरियामा विभिन्न कम्पनीका मोबाइलहरू राजस्व र भन्सार छली चोरी पैठारी गरी ल्याई बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौँबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्नलाई पक्राउ गरेको हो ।

आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित ट्रेन्डिङ मोबाइल हबका सञ्चालक रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भएका २२ वर्षीय सरोज योञ्जन रहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.