भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इरानमा इजरायली आक्रमण

इरानमा इजरायली आक्रमण

काठमाडौं । इजरायलले इरानमाथि आक्रमण गरेको छ । इजरायली डिफेन्स फोर्स–आईडीएफका प्रवक्ता ह्यानियल हगागीले इजरयाली सेनाले इरानमाथि हवाई आक्रमण गरेको पुष्टि गर्नुभएको हो । अक्टोबर १ मा इरानले हिजबुल्लाह र हमासको समर्थनमा इजरायलमाथि गरेको आक्रमणको जवाफ स्वरुप आज इरानमाथि आक्रमण गरेको बताएको छ ।

इरानमाथि आक्रमण गर्नु इजरायलको अधिकार र कर्तव्य रहेको समेत स्पष्ट पारेएको छ । इजरायलले आज बिहान इरानमाथि थुप्रै आक्रमण गरेको र सो आक्रमणको आवाज इरानको राजधानी तेहरानमा सुनिएको इरानी मिडियाले समेत पुष्टि गरेको छ । उक्त आक्रमण इरानको सैन्य पूर्वाधारलक्षित भएको बताइएको छ ।

इजरायली सेनाले बिहान गरेको आक्रमण इरानी सेनालक्षित रहेको आईडीएफका प्रवक्ता हगारीले जनाए । इरानले ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको जवाफमा इरजरायलले इरानमाथि आक्रमण गरेको ह्वाइट हाउसले जनाएको छ । उक्त आक्रमणमा अमेरिकाको हात हुन सक्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.