भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

इरानमा इजरायली आक्रमण

इरानमा इजरायली आक्रमण

काठमाडौं । इजरायलले इरानमाथि आक्रमण गरेको छ । इजरायली डिफेन्स फोर्स–आईडीएफका प्रवक्ता ह्यानियल हगागीले इजरयाली सेनाले इरानमाथि हवाई आक्रमण गरेको पुष्टि गर्नुभएको हो । अक्टोबर १ मा इरानले हिजबुल्लाह र हमासको समर्थनमा इजरायलमाथि गरेको आक्रमणको जवाफ स्वरुप आज इरानमाथि आक्रमण गरेको बताएको छ ।

इरानमाथि आक्रमण गर्नु इजरायलको अधिकार र कर्तव्य रहेको समेत स्पष्ट पारेएको छ । इजरायलले आज बिहान इरानमाथि थुप्रै आक्रमण गरेको र सो आक्रमणको आवाज इरानको राजधानी तेहरानमा सुनिएको इरानी मिडियाले समेत पुष्टि गरेको छ । उक्त आक्रमण इरानको सैन्य पूर्वाधारलक्षित भएको बताइएको छ ।

इजरायली सेनाले बिहान गरेको आक्रमण इरानी सेनालक्षित रहेको आईडीएफका प्रवक्ता हगारीले जनाए । इरानले ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको जवाफमा इरजरायलले इरानमाथि आक्रमण गरेको ह्वाइट हाउसले जनाएको छ । उक्त आक्रमणमा अमेरिकाको हात हुन सक्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.