भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

प्रलोभनमा पारी नेपाली महिलालाई बेचबिखन गरेका राउतलाई रेड नोटिसपछि जेल चलान

प्रलोभनमा पारी नेपाली महिलालाई बेचबिखन गरेका राउतलाई रेड नोटिसपछि जेल चलान

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी गरी नेपाल झिकाइएका एक व्यक्ति मानव बेचबिखन मुद्दामा बुधबार पुर्पक्षका लागि जेल चलान गरिएको छ । आकर्षक तलबको लोभ देखाएर भिजिट भिसामा नेपाली महिलालाई विदेशमा बेचबिखन गरेको जाहेरीपछि पक्राउ परेका धनुषाका दिलीप राउतलाई इन्टरपोलमार्फत सोमबार नेपाल ल्याइएको थियो । उनलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो ।

अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक भावेष रिमालले बताए । अनुसन्धानका क्रममा राउतले सुरुमा महिलालाई दुबईको कम्पनीमा मासिक ४० हजारसम्म तलब हुने प्रलोभन देखाई भिजिट भिषामा दुबई पुर्‍याएर आफू बस्ने फ्ल्याटमा बन्धक बनाई घरेलु काममा लगाई चरम श्रम शोषण र यौन शोषण गरेका पाइएको छ ।

त्यसपछि यूएईमा भन्दा कुवेतमा राम्रो तलब हुन्छ, अफिसमा क्लिनरको सजिलो काम हो भनेर दुबईबाट कुवेतमा लगी कुवेतस्थित एजेन्ट अफिसमा मानव बेचबिखन गरी बन्धक बनाई चरम श्रम र यौन शोषण गरेको पाइएको प्रहरीले जनाएको छ । आफू बेचिएको थाहा पाएपछि पीडितले नेपाल फिर्ता गराउन अनुरोध गर्दा आरोपी राउतले पैसा मागेपछि उनले मागेबमोजिक छ लाख ७५ हजार रकम बुझाई नेपाल फर्कन सफल भएका थिए ।

त्यसपछि पीडितले गत जेठ ३१ गते ब्युरोमा जाहेरी दरखास्त दिएपछि राउतको खोजी सुरु भएको थियो । आवश्यक अनुसन्धान गर्दा रावत कुवेतमा रहेको भन्ने जानकारी पाएलगत्तै ब्युरोले नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग (इन्टरपोल शाखा) मार्फत गएको असोज १८ गते रेड नोटिस जारी गरेको थियो । कुवेतस्थित इन्टरपोल शाखाको सहयोगमा उनलाई पक्राउ गरी सोमबार नेपाल झिकाइएको थियो ।

 


Thali Mobile Pvt.Ltd.