भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

कोशीका आन्तरिक मामिलामन्त्री एवं एमाले सांसद मानव तस्करीमा मुछिए

कोशीका आन्तरिक मामिलामन्त्री एवं एमाले सांसद मानव तस्करीमा मुछिए

काठमाडौं । कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । मानव तस्करीको आशंकामा प्रहरीको निगरानीमा राखेपछि उनले बुधबार राजीनामा दिएका हुन । मन्त्री हुँदा आफ्नो सचिवालयबाट नक्कली कागजात बनाएर जापान गएका अधिकारीसमेतलाई जापान सरकारले ‘डिपोर्ट’ गरेपछि उनी प्रहरीको निगरानीमा परेका थिए ।

प्रदेशमन्त्रीले विदेश भ्रमणमा जानुअघि संघीय सरकारबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर उनी संघीय सरकारको सहमतिबेगर नै कात्तिक १३ गते जापान गएका थिए । जापान पुगेका मन्त्री अधिकारी र अन्य तीनजनालाई टोकियोस्थित अध्यागमन कार्यालयले ‘डिपोर्ट’ गरिदिएको थियो। अधिकारी एमाले सांसद हुन् ।

उनी मानव तस्करको फन्दामा परेका हुन् कि स्वयं मानव तस्करीमा संलग्न भएका हुन् वा अन्य के कारणले उनलाई टोकियोस्थित अध्यागमन कार्यालयले डिपोर्ट गरेको हो ? भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । जापानले डिपोर्ट गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका मन्त्री अधिकारीबाहेक तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । तर उनलाई भने प्रहरीले छाडिदिएको थियो ।

मन्त्रीजस्तो व्यक्ति जापानको टोकियोस्थित विमानस्थलबाटै फर्के/फर्काइएको विषयले सरकारमा समेत हलचल पैदा भएको थियो । मुख्यमन्त्री हिक्मत कार्कीले यस विषयमा सोधखोज गर्दा अधिकारीले आफूलाई साथीहरूले जापान लगेको तर त्यहाँ पुगेपछि डिपोर्ट भएको बताएका थिए । यो विषय विवादमा परेपछि मुख्यमन्त्री कार्कीले अधिकारीको राजीनामा मागेका थिए ।

मन्त्री अधिकारीसँगै जापान उडेका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटालाई टोकियोस्थित अध्यागमन कार्यालयले डिपोर्ट गरेको हो । अधिकारीले तीनजना नक्कली कागजात बनाएर आफूसँगै जापान आएको थाहा पाएपछि कार्यक्रममा सहभागी नभई उनीहरूलाई लिएर टोकियो विमानस्थलबाट फर्किएको बताएका छन् । तर प्रहरी उनको भनाइ मान्न राजी भएको छैन ।

 


Thali Mobile Pvt.Ltd.