भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुरमा आठौं औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव सुरु, प्रजिअ श्रेष्ठ र मेयर खत्रीद्धारा उद्घाटन

भक्तपुरमा आठौं औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव सुरु, प्रजिअ श्रेष्ठ र मेयर खत्रीद्धारा उद्घाटन

भक्तपुर । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले संयुक्तरुपमा महोत्सवको उद्घाटन गर्दै स्थानीय उत्पादनलाई बजारीकरण गर्न महोत्सवले टेवा पुग्ने धारणा राखे ।

मेला सफलताको शुभकामना दिदै मेलाको भक्तपुरबासीले भरपुर उपयोग गर्ने र स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुग्नेमा आफू ढुक्क भएको प्रजिअ श्रेष्ठले बताइन् । यस्तै मेयर खत्रीले महोत्सव भक्तपुरलाई चिनाउने उपयुक्त माध्यम भएको बताए ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डको आयोजनामा सुरु भएको महोत्सव ११ दिनसम्म चल्ने बताइएको छ । बैशाख २ गतेसम्म महोत्सव आयोजना हुने र ३ गते नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष सांगीतिक कार्यक्रम रहने मेला आयोजक समितिका संयोजक दीपक थापाले बताए ।

मेलामा उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतका २ सय स्टल रहेको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले बताए । मेलामा दैनिक राष्ट्रिय स्तरका कलाकारको उपस्थितमा विभिन्न साँस्कृतिक कार्यक्रम समेत रहने आयोजकले बताएको छ । ज्येष्ठ नागरिकलाई निःशुल्क, विद्यार्थीलाई रु ५० र सर्वसाधारणलाई रु ७० को टिकट लाग्नेछ ।

 


Thali Mobile Pvt.Ltd.