भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

भक्तपुरमा आठौं औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव सुरु, प्रजिअ श्रेष्ठ र मेयर खत्रीद्धारा उद्घाटन

भक्तपुरमा आठौं औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव सुरु, प्रजिअ श्रेष्ठ र मेयर खत्रीद्धारा उद्घाटन

भक्तपुर । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले संयुक्तरुपमा महोत्सवको उद्घाटन गर्दै स्थानीय उत्पादनलाई बजारीकरण गर्न महोत्सवले टेवा पुग्ने धारणा राखे ।

मेला सफलताको शुभकामना दिदै मेलाको भक्तपुरबासीले भरपुर उपयोग गर्ने र स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुग्नेमा आफू ढुक्क भएको प्रजिअ श्रेष्ठले बताइन् । यस्तै मेयर खत्रीले महोत्सव भक्तपुरलाई चिनाउने उपयुक्त माध्यम भएको बताए ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डको आयोजनामा सुरु भएको महोत्सव ११ दिनसम्म चल्ने बताइएको छ । बैशाख २ गतेसम्म महोत्सव आयोजना हुने र ३ गते नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष सांगीतिक कार्यक्रम रहने मेला आयोजक समितिका संयोजक दीपक थापाले बताए ।

मेलामा उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतका २ सय स्टल रहेको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले बताए । मेलामा दैनिक राष्ट्रिय स्तरका कलाकारको उपस्थितमा विभिन्न साँस्कृतिक कार्यक्रम समेत रहने आयोजकले बताएको छ । ज्येष्ठ नागरिकलाई निःशुल्क, विद्यार्थीलाई रु ५० र सर्वसाधारणलाई रु ७० को टिकट लाग्नेछ ।

 


Thali Mobile Pvt.Ltd.