भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

पेट्रोलियम अन्वेषणको ट्रक दैलेखको पालीमा दुर्घटना

पेट्रोलियम अन्वेषणको ट्रक दैलेखको पालीमा दुर्घटना

दैलेख । पेट्रोलियम अन्वेषण उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ । दुल्लु नगरपालिका वडा नं. ३ पालीमा दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । नेपालगञ्जबाट भैरवी गाउँपालिकाको जलजलेस्थित आयोजनास्थलमा ढुवानी गर्ने क्रममा मप ०३००१ ख ७८१७ नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको हो ।

प्रमुख जिल्ला अधिकारी भुसालले कैलाश खबरलाई भने, “सडकमा छाडेका गिट्टीका कारण ट्रक सडकमै पल्टिएको हो । अहिले दुईवटा क्रेनको सहायताले ट्रक उठाइसकेको छ ।” चीन सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाको पहिलो चरणमा २२ वटा मालबाहक ट्रक अन्वेषणस्थल पुगिसकेका छन् ।

नेपाल र चीन सरकारबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्न विसं २०७२ चैत्रमा सहमति भएको थियो । सहमती अनुसार २०७५ साल माघ महिना चीन र नेपालबीच परियोजना स्वीकृत भई २०७६ सालदेखि प्रारम्भिक सर्वेक्षण सुरु भएको थियो । हाल जलजले क्षेत्रमा ४५ रोपनी जग्गा अधिग्रण गरी ड्रिलिङको कार्य भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.