बैशाख ३ गते भारतीय गायक बिपुल क्षेत्री भक्तपुर आउने

बैशाख ३ गते भारतीय गायक बिपुल क्षेत्री भक्तपुर आउने image

भक्तपुर । बैशाख ३ गते नेपाल भाषी भारतीय गायक बिपुल क्षेत्रीको विशेष साँगितिक कार्यक्रम भक्तपुरको सल्लाघारी स्थित तिनकुने चौरमा हुने भएको छ ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरिएको भक्तपुर औद्योगिक , साँस्कृतिक,पर्यटन तथा ब्यापार महोत्सव २०८० र २०८१ जारी रहेको छ। बैशाख २ गतेसम्म महोत्सव र ३ ग बिपुल क्षेत्रीको विशेष कार्यक्रम रहने भएको हो ।

महोत्सवको आकर्षकमा बाबलिकाहरुका लागि बालउधान र दैनिक रास्ट्रिय स्तरका कलाकाहरुको उपस्थितिमा विभिन्न साँस्कृतिक कार्यक्रम समेत भइरहेको महोत्सव संयोजक दिपक थापाले जानकारी दिए ।

नयाँ बर्ष र बस्केट जात्राको अबसर पारेर बिगतका बर्ष देखिनै महोत्सबको आयोजना हुने गरेको संस्थाका अध्यक्ष सन्दिप महतको भनाई छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda