भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विस्का जात्राको पहिलो दिन शान्तिपूर्ण रुपमा सम्पन्न

विस्का जात्राको पहिलो दिन शान्तिपूर्ण रुपमा सम्पन्न

भक्तपुर । भक्तपुरको विस्का जात्राको भैरबनाथको गः हिटी पुर्‍याइएको छ । रथलाई मंगलबार राति दतात्रयसम्म पुर्‍याइएको भए पनि बुधबार विहान गः हिटी पुर्‍याइएको हो ।

रातभरि विभिन्न ठाउँंहरुमा रथ पुर्‍याएर पनि जात्राको पहिलो दिन कुनै अप्रिय घटना भने भएको छैन् । यस वर्ष जात्राको क्रममा ढुंगामुढालगायतका झैझगडा नभएको जिल्ला प्रहरी परिषर भक्तपुरले जनाएको छ । जात्रामा भक्तपुर नगर प्रहरीका कारण झैझगडा हुन नपाएको स्थानीयको भनाई छ ।

भक्तपुरनगर प्रहरीले जात्रामा मादकपदार्थ सेवन गरेर आएकालाई बाहिर राखेपछि जात्रा शौहार्दपूर्ण भएको र नगर प्रहरीले जात्रामा ठूल्ठूला टर्च लाइट बालेर निगरानीलाई कडा पार्दा जात्रा शान्तिपूर्ण भएको जनाइएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरले विशेष निगरानी राख्दै आएको र रातभरि रथ तानिए पनि शान्तिपूर्ण रुपमै पहिलो दिनको जात्रा सम्पन्न भएको छ ।

गः हीटीमा दोस्रो दिन रथ पुर्‍याएपछि थकाइ मार्ने चलन पनि रहेको छ । आठ रात नौ दिन मनाइने जात्राको पहिलो दिन तानेको रथ गः हिटी पुर्‍याइएको छ ।

 


Thali Mobile Pvt.Ltd.