भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

तपाईको बास यादगार बनाउने थुम्की रिसोर्ट, नयाँ वर्षमा पुग्ने कि थुम्की ?

तपाईको बास यादगार बनाउने थुम्की रिसोर्ट, नयाँ वर्षमा पुग्ने कि थुम्की ?

काठमाडौं । राजधानीबाट नजिक रहेको थुम्की ‘थुम्की रिसोर्ट एण्ड फार्म हाउस’ संचालनमा आएसंगै पर्यटकको रोजाइमा पर्न थालेको छ ।reach the New Year?

काभ्रेको पनौती नगरपालिका वडा नं ११ वलथलीस्थित थुम्कीमा अवस्थित ‘थुम्की रिसोर्ट एण्ड फार्म हाउस’ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल भएको हो । काभ्रे जिल्लामै पहिलो पटक अपाङगमैत्री रिसोर्टको रुपमा परिचित रहेको यो रिसोर्टमा पुग्नै पर्ने पर्यटकहरुको भनाई छ ।

आरामदायी सुविधासम्पन्न कोठाहरु रहेको ‘थुम्की रिसोर्ट एण्ड फार्म हाउस’ वरिपरि हरिया जंगलको बीच भामा रहेको छ । ढकमक्क लालीगुराँस फूलीरहेको देख्नपाइने यो रिसोर्टको विशेषता नै हरियाली प्राकृति सौन्दर्यतालाई नियाल्दै आफ्नै बारीमा उत्पादीत अर्गानिक खानेकुराको स्वाद पाहुनालाई खुवाउनु नै हो ।

यहाँबाट चारैतिरका हिमाली दृश्यहरु मज्जाले नियाल्न सकिन्छ । काठमाडौंबाट ४० किलोमिटरको दुरीमा रहेको उक्त रिसोर्ट पारिवारिक जमघट तथा सेमिनार गर्नका लागि उपयुक्त रहेको छ । पाहुनाहरुका लागि आरामदायी सुविधासम्पन्न २० कोठा तयारि अवस्थामा राखिएको छ र भविश्यमा पाहुनाहरुको उत्कृष्ट बासलाई यादगार बनाउँन ५० कोठा तयार पार्ने आफूहरुको सोच रहेको सञ्चालक हरिश्ररण न्यौपानेले बताउनुभयो ।reach the New Year?

उहाँले रिसोर्टमा स्वीमिङ पुल, स्टिम, साउना, ज्याकुजीको समेत सुविधा उपलब्ध गराउने तर्फ समेत आफूहरुको योजना रहेको बताउनुभयो ।

दुर्लभ बन्यजन्यतु सालक, जरायो, मृग, दुम्सी, बँदेल, खरायो, चितुवा, कालिजलगायतका बन्यजन्तु तथा चराचुरुङ्गी हेरेर आनन्द लिदै अर्गानिक खानाको स्वादमा रमाउन सकिने ‘थुम्की रिसोर्ट एण्ड फार्म हाउस’का अध्यक्ष तथा युवा व्यवसायी लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो ।

नेपाली नयाँ वर्ष मनाउन आउने पाहुँनालाई स्वागतका लागि ‘थुम्की रिसोर्ट एण्ड फार्म हाउस’ आतुर रहेको उहाँको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.