भर्खरै : Sorry, your browser does not support inline SVG.
पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना |

एजेन्सी, २० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजावासीका लागि सुरक्षा व्यवस्था आवश्यक रहेको बताएका छन्।

आगामी हप्तामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेट गरी युद्धविरामका लागि दबाब दिने योजना बनाएको अलजजिराले जनाएको छ। हमासले पनि अमेरिकी प्रस्तावित नयाँ युद्धविराम योजना युद्ध अन्त्यको ग्यारेन्टी मागिरहेको छ।

गाजाको नागरिक सुरक्षा निकायका अनुसार बिहीवार मात्रै इजरायली आक्रमणमा कम्तीमा एक सय जनाको मृत्यु भएको छ।

गाजा स्वास्थ्य मन्त्रालयले हालसम्म ६० हजारभन्दा बढी जनाको ज्यान गएको र एक लाख ३५ हजारभन्दा धेरै घाइते भएका तथ्यांक सार्वजनिक गरेको छ। यो विनाशकारी द्वन्द्वले क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा ठूलो चिन्ता बढाएको छ।