भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय

विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय

काठमाडौं, १० साउन । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार १ गतेदेखि ३२ गतेसम्मको विद्युत् खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वा नलाग्ने विषयमा स्पष्ट राय माग्दै आन्तरिक राजश्व विभाग लाई पत्राचार गरेको छ ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ ले विभागलाई पठाएको पत्रमा प्राधिकरणले मासिक रूपमा विद्युत् मिटर रिडिङका आधारमा बिलिङ गर्दै आएको उल्लेख गर्दै असार महिनाको खपतको बिल साउन १ गतेदेखि जारी हुँदा भ्याट लाग्ने वा नलाग्ने विषयमा कानुनी स्पष्टता मागिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ ले पनि भ्याटसम्बन्धी देखिएको अन्योल हटाउन प्राधिकरणलाई कानुनी र व्यावहारिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने समाधान खोज्न निर्देशन दिएका छन् ।

सरकारले साउनदेखि ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने उपभोक्ताको महसुलमा ५ प्रतिशत भ्याट लागू गर्ने नीति लिएको छ । तर असार महिनाको विद्युत् खपतको बिलमा समेत नयाँ भ्याट जोडिएको भन्दै उपभोक्ताहरूले असन्तुष्टि जनाउँदै आएका छन् । यस विषयमा स्पष्ट निर्णय नभएसम्म अन्योल कायम रहने देखिएको छ ।

मन्त्री श्रेष्ठले कर कार्यान्वयनका क्रममा उपभोक्तामाथि अनावश्यक आर्थिक भार पर्न नहुनेमा जोड दिँदै देखिएको द्विविधा तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.