भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित

शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित

काठमाडौं, १० साउन । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधान ले पदबाट राजीनामा दिएपछि पाँच सातादेखि जारी विद्यार्थी आन्दोलन स्थगित गरिएको छ । आन्दोलनकारीहरूले यसलाई लोकतन्त्रको जितको रूपमा व्याख्या गर्दै प्रदर्शन अन्त्य गर्ने घोषणा गरेका छन् ।

बीबीसीका अनुसार दिल्लीको जन्तर–मन्तर मा आन्दोलनरत हजारौँ प्रदर्शनकारीहरूले शिक्षामन्त्रीको राजीनामापछि नाचगान, नाराबाजी तथा मिठाई बाँडेर खुसीयाली मनाएका छन् । आन्दोलनका संस्थापक अभिजीत दिप्के ले आन्दोलन सफल भएको दाबी गर्दै यसलाई युवाहरूको ऐतिहासिक विजय भएको बताएका छन् ।

शिक्षामन्त्री धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्स (X) मार्फत राजीनामाको घोषणा गर्दै पछिल्ला घटनाप्रति आफू दुःखी भएको र विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखेर प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको बताएका छन् ।

‘कक्रोच जनता पार्टी (सीजेपी)’ कुनै औपचारिक राजनीतिक दल नभई कृत्रिम बुद्धिमत्ता (एआई) बाट सिर्जना गरिएको ‘कक्रोच’ प्रतीकमार्फत सुरु भएको व्यङ्ग्यात्मक अभियानका रूपमा परिचित छ । आन्दोलनले भारतको शिक्षा प्रणालीमा सुधार, परीक्षा प्रश्नपत्र चुहावट रोक्न कडा कानुन ल्याउनुपर्ने र शिक्षामन्त्रीको राजीनामा हुनुपर्ने माग राख्दै व्यापक जनसमर्थन जुटाएको थियो ।

शिक्षाविद् तथा अभियन्ता सोनम वाङचुक ले आन्दोलनलाई समर्थन गर्दै आमरण अनशन बसेपछि आन्दोलन थप सशक्त बनेको थियो । त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदी ले परीक्षा प्रश्नपत्र चुहावटमा संलग्नमाथि कडा कारबाही गर्न द्रुत अदालत गठन गर्ने तथा नयाँ कानुन ल्याउने घोषणा गरेका थिए ।

यद्यपि आन्दोलनका संस्थापक दिप्केले शिक्षामन्त्रीको राजीनामामात्रै अन्तिम लक्ष्य नभएको स्पष्ट पार्दै शिक्षा क्षेत्रमा व्यापक सुधारका लागि दबाब जारी रहने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.