भर्खरै : Sorry, your browser does not support inline SVG.

मुख्य बुँदाहरू:

काठमाडौं, १ साउन । साउन महिनाको पहिलो दिन, सङ्क्रान्तिको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरूको बाक्लो उपस्थिति देखिएको छ।

भगवान शिवको आराधनाका लागि विशेष मानिने साउन महिनामा श्रद्धालुहरू हरियो चुरा, माला, मेहँन्दी र पहेंलो पहिरनमा सजिएर मन्दिर परिसरमा जम्मा भएका छन्।

साउन महिनाभर शिव उपासना विशेष गरी महिलाहरूका लागि धार्मिक रूपमा महत्वपूर्ण मानिन्छ। हरियो चुरा र मेहँन्दीले सुशोभित हुँदै व्रत बस्ने महिलाहरू बिहान सबेरैदेखि पशुपतिनाथमा पूजा अर्चनाका लागि लाइनमा उभिएका छन्।

मन्दिर क्षेत्र वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको छ। भक्तजनहरू नियमित रूपमा बागमती स्नान गरेर पशुपति दर्शनमा लागेका देखिन्छन्।

धार्मिक आस्थाको प्रतिक साउनमा शिवको पूजा गर्दा मनोकामना पूरा हुने विश्वास छ। पशुपति क्षेत्र विकास कोषका अनुसार आज बिहान ४ बजेदेखि मन्दिर खुला गरिएको हो।