भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

मनसुन सक्रिय, मुख्य राजमार्गमा पहिरो र मर्मतले यातायात प्रभावित

मनसुन सक्रिय, मुख्य राजमार्गमा पहिरो र मर्मतले यातायात प्रभावित

मुख्य बुँदा

मनसुन सक्रिय हुँदा देशका मुख्य राजमार्ग प्रभावित

कोशी राजमार्ग पहिरोले पूर्ण रूपमा अवरुद्ध

पूर्व–पश्चिम र मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

वीपी राजमार्गमा सवारी आवागमन रोकिएको

कुलेखानी–काठमाडौं सडक एक महिनासम्म बन्द

बाढी–पहिरो र मर्मतले यातायात सेवा प्रभावित

काठमाडौं, १० असार । मनसुन सक्रिय भएसँगै देशका विभिन्न मुख्य राजमार्गहरू बाढी, पहिरो तथा सडक मर्मतका कारण प्रभावित भएका छन्। नेपाल प्रहरी का अनुसार कोशी र बागमती प्रदेशका धेरै सडक खण्ड पूर्ण वा आंशिक रूपमा अवरुद्ध रहेका छन्।

कोशी राजमार्ग संखुवासभाको भोटखोला गाउँपालिका–३ स्याबुडमा असार ७ गते गएको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बलिया बुढीखोलामा असार ६ गते खसेको पहिरोका कारण पूर्व–पश्चिम राजमार्ग एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढीका कारण मध्यपहाडी लोकमार्ग पनि एकतर्फी सञ्चालनमा छ। उक्त स्थानमा वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। बागमती प्रदेशमा पनि मुख्य सडकहरूमा अवरोध देखिएको छ।

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा सम्भावित बाढी जोखिमका कारण वीपी राजमार्ग मा जेठ २२ गतेदेखि नै सवारी आवागमन रोकिएको छ।

यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ स्थित महालक्ष्मी क्षेत्रमा सडक मर्मतका कारण कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडक खण्ड पूर्ण रूपमा बन्द गरिएको छ। यो सडक खण्ड एक महिनासम्म बन्द रहने जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.