भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत, चार जना पक्राउ

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत, चार जना पक्राउ

मुख्य बुँदा

विराटनगरको परोपकार घाटमा अश्लील गतिविधि भएको आरोप

चार जना प्रहरीद्वारा पक्राउ

दुई जना पुरुष निर्वस्त्र अवस्थामा भेटिएको सूचना

दाहसंस्कार स्थलमा अभद्र व्यवहार भएको दाबी

जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको

पक्राउ परेकामाथि थप कानुनी प्रक्रिया अघि बढाइँदै

विराटनगर, १० असार । विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा अश्लील हर्कत गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

दाहसंस्कार गरिने पवित्र सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङ ले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार राति करिब १२:३० बजे घाट क्षेत्रमा केही व्यक्तिहरू भेला भई हो–हल्ला गरिरहेको र दुई जना पुरुष निर्वस्त्र अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। सोही सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा मोरङका सुरेन्द्र मणि मण्डल, सुनसरीका कैलाश ढुङ्गाना, भोजपुरका मनिष काफ्ले र मोरङका छविलाल घिमिरे रहेका छन्।

प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्र का अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.