भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकार गठनमा किन अलमलमा छ कर्णाली प्रदेश ?

सरकार गठनमा किन अलमलमा छ कर्णाली प्रदेश ?

काठमाडौं । कर्णाली प्रदेशमा सरकार गठन अन्यवलमा परेको छ । केन्द्रमा सत्ता गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि मुख्यमन्त्री शर्माले प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएपछि सरकार गठन प्रक्रिया अप्ठेरोमा परेको हो ।

शर्माको राजीनामापछि नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बन्ने बाटो खुलेको भएपनि कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको सीमा मंगलबार साँझ ५ः ५० बजे सकिँने भएको छ ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग भागवण्डामा कुरा नमिल्दा कँडेलले अहिलेसम्म मुख्यमन्त्रीमा दाबी गर्न सकेका छैनन्। उनले प्रदेश प्रमुखले दिएको समयसीमाभित्र दाबी पेश गर्ने प्रत्रितक्रिया दिए। त्यसका लागि सहमति खोज्न माओवादी केन्द्रसँग निरन्तर छलफलमा रहेको पनि उनले बताएका छन् ।

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि सोही दिन प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए।

 

 


Thali Mobile Pvt.Ltd.