भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

सरकार गठनमा किन अलमलमा छ कर्णाली प्रदेश ?

सरकार गठनमा किन अलमलमा छ कर्णाली प्रदेश ?

काठमाडौं । कर्णाली प्रदेशमा सरकार गठन अन्यवलमा परेको छ । केन्द्रमा सत्ता गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि मुख्यमन्त्री शर्माले प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएपछि सरकार गठन प्रक्रिया अप्ठेरोमा परेको हो ।

शर्माको राजीनामापछि नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बन्ने बाटो खुलेको भएपनि कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको सीमा मंगलबार साँझ ५ः ५० बजे सकिँने भएको छ ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग भागवण्डामा कुरा नमिल्दा कँडेलले अहिलेसम्म मुख्यमन्त्रीमा दाबी गर्न सकेका छैनन्। उनले प्रदेश प्रमुखले दिएको समयसीमाभित्र दाबी पेश गर्ने प्रत्रितक्रिया दिए। त्यसका लागि सहमति खोज्न माओवादी केन्द्रसँग निरन्तर छलफलमा रहेको पनि उनले बताएका छन् ।

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि सोही दिन प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए।

 

 


Thali Mobile Pvt.Ltd.