भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

बाँकेमा ६ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

बाँकेमा ६ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

नेपालगन्ज, २६ बैशाख । बाँकेमा प्रहरीले स्रोत नखुलेको ६ लाख भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नरैनापुर गाउँपालिकातर्फ जाँदै गरेका उनीहरूलाई विशेष सूचनाका आधारमा अटो रिक्सामा जाँच गरिएको थियो । जाँचका क्रममा अवैध भारतीय ५०० र १००० दरका नोट बरामद भएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका–५ का २९ वर्षीय वीरवल कुम्हार र नरैनापुर गाउँपालिका–४ का ३८ वर्षीय मुनिव खाँ रहेका छन् । उनीहरूलाई नेपालगन्ज उपमहानगरपालिका–२ स्थित एकलैनी क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको रकम आन्तरिक राजस्व कार्यालय, कोहलपुरमा बुझाइएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.