भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बाँकेमा ६ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

बाँकेमा ६ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

नेपालगन्ज, २६ बैशाख । बाँकेमा प्रहरीले स्रोत नखुलेको ६ लाख भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नरैनापुर गाउँपालिकातर्फ जाँदै गरेका उनीहरूलाई विशेष सूचनाका आधारमा अटो रिक्सामा जाँच गरिएको थियो । जाँचका क्रममा अवैध भारतीय ५०० र १००० दरका नोट बरामद भएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका–५ का २९ वर्षीय वीरवल कुम्हार र नरैनापुर गाउँपालिका–४ का ३८ वर्षीय मुनिव खाँ रहेका छन् । उनीहरूलाई नेपालगन्ज उपमहानगरपालिका–२ स्थित एकलैनी क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको रकम आन्तरिक राजस्व कार्यालय, कोहलपुरमा बुझाइएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.