भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आजदेखि रास्वपा सांसदलाई दोस्रो चरणको प्रशिक्षण

आजदेखि रास्वपा सांसदलाई दोस्रो चरणको प्रशिक्षण

काठमाडौँ, २६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि आफ्ना जनप्रतिनिधिहरूलाई दोस्रो चरणको प्रशिक्षण दिने भएको छ । आगामी बजेट अधिवेशनलाई प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित प्रशिक्षण कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ ।

रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्यका अनुसार प्रशिक्षण आज र भोलि दुई दिनसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चालन हुनेछ । कार्यक्रममा सांसद तथा अन्य जनप्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ ।

यसअघि रास्वपाले चैत ३ र ४ गते ललितपुरको ग्वार्कोमा पहिलो चरणको आवासीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा विषयविज्ञ र पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण दिएका थिए ।

पहिलो चरणको प्रशिक्षणमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह अनुपस्थित भएपछि त्यसलाई लिएर विभिन्न टिप्पणी र आलोचना समेत भएको थियो ।

गत फागुनमा सम्पन्न निर्वाचनपछि रास्वपाले १८२ सिटमा विजय हासिल गरेको थियो । पार्टीका अधिकांश जनप्रतिनिधि राजनीतिक, संवैधानिक तथा कानुनी विषयमा नयाँ भएकाले यस्ता प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने विश्वास पार्टीले लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.