भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

आजदेखि रास्वपा सांसदलाई दोस्रो चरणको प्रशिक्षण

आजदेखि रास्वपा सांसदलाई दोस्रो चरणको प्रशिक्षण

काठमाडौँ, २६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि आफ्ना जनप्रतिनिधिहरूलाई दोस्रो चरणको प्रशिक्षण दिने भएको छ । आगामी बजेट अधिवेशनलाई प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित प्रशिक्षण कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ ।

रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्यका अनुसार प्रशिक्षण आज र भोलि दुई दिनसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चालन हुनेछ । कार्यक्रममा सांसद तथा अन्य जनप्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ ।

यसअघि रास्वपाले चैत ३ र ४ गते ललितपुरको ग्वार्कोमा पहिलो चरणको आवासीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा विषयविज्ञ र पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण दिएका थिए ।

पहिलो चरणको प्रशिक्षणमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह अनुपस्थित भएपछि त्यसलाई लिएर विभिन्न टिप्पणी र आलोचना समेत भएको थियो ।

गत फागुनमा सम्पन्न निर्वाचनपछि रास्वपाले १८२ सिटमा विजय हासिल गरेको थियो । पार्टीका अधिकांश जनप्रतिनिधि राजनीतिक, संवैधानिक तथा कानुनी विषयमा नयाँ भएकाले यस्ता प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने विश्वास पार्टीले लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.