भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजरायलको आक्रमणमा सुरक्षा अधिकारीसहित ५४ जनाको मृत्यु

इजरायलको आक्रमणमा सुरक्षा अधिकारीसहित ५४ जनाको मृत्यु

एजेन्सी ।  इजरायली हवाई आक्रमणमा गाजामा नागरिक सुरक्षा अधिकारी र पत्रकारसहित कम्तीमा ५४ जनाको मृत्यु भएको छ। दक्षिणी गाजामा, इजरायली ड्रोनले किजान अल–नज्जर क्षेत्रमा एउटा गाडी र भीडलाई निशाना बनाइ आक्रमण गरेकाे थियाे । उक्तक्षेत्रबाट मेडिकल टोलीले १२ जनाको शव निकालेको र घाइतेहरूलाई अस्पतालमा उपचारमा राखेकाे छ।

त्यस्तै नागरिक रक्षाले एक विज्ञप्तिमार्फत उत्तरी गाजाको बेत लाहियाको ताल अल–जातर क्षेत्रमा अल–अराज परिवारको घरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको उल्लेख गरेको छ। ठूलो सङ्ख्यामा पीडितहरू अझै पनि भग्नावशेषमा फसेकाे र नागरिक रक्षा र चिकित्सा कर्मचारीहरूको अभावका कारण उनीहरूलाई बाहिर निकाल्न गाह्रो भएकाे जनाएकाे छ ।

सिभिल डिफेन्सले पनि जबलिया शिविरमा रहेको आवासीय घरहरूलाई निशाना बनाएर इजरायली हवाई आक्रमणमा आफ्ना एक अधिकारीको मृत्यु भएको बताएको छ। यता हमासद्वारा सञ्चालित गाजाको मिडिया कार्यालयले विज्ञप्तिमार्फत हमासद्वारा सञ्चालित अल-अक्सा टीभीका लागि काम गर्ने पत्रकारको गाजाको ब्याप्टिस्ट अस्पतालको पार्किङमा गोली लागेर मृत्यु भएको जानकारी दिएको छ। इजरायली सेनाले आक्रमणको बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमाना मार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण शुरु गरेको छ।

 


Thali Mobile Pvt.Ltd.