भर्खरै : Sorry, your browser does not support inline SVG.
अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा | “बोल्यो कि पोल्यो?” : नेताहरूको अभिव्यक्तिले भू–राजनीति बदल्ने उदाहरणसँग बालेन शाहको भनाइ जोडेर कूटनीतिक बहस | महोत्तरीमा बालक अपहरण प्रयास : फरार अभियुक्त रौतहटबाट पक्राउ | तातो हावा लहर (हिट वेभ) को जोखिम बढ्दै : पूर्वतयारी र समन्वयमा जोड | ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोट : नासाको चन्द्र अभियान समय तालिकामा असर पर्ने चिन्ता | दैलेखमा पारिवारिक विवादले उग्र रूप लियो : बुबाको कुटपिटबाट छोराको मृत्यु | रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता, नेपाल–भारत सम्बन्धबारे छलफल | महोत्तरीमा लुटेराको गोली लागेर श्रीमान्-श्रीमती घाइते, उपचारका लागि जनकपुर पठाइयो |

पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद

पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद

महोत्तरी । महोत्तरीमा पन्ध्र दिनयता करिब १३ क्विन्टल लागुऔषध गाँजा बरामद गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबासको सक्रियतामा गाँजा बरामद गरिएको हो ।पहाडी जिल्लाम लुकाइछिपाइ ल्याएको गाँजा बरामद गरिएको ब्यूरोका प्रहरी नायब निरीक्षक सरोजकुमार अधिकारीले जानकारी दिए । सोमबार साँझ बिपी राजमार्गको बर्दिबास–३ गौरीडाँडास्थित ट्राफिक प्रहरी पोष्ट अगाडि वागमती प्रदेश–०१–००६–ख ५३७१ नम्बरको ट्रक जाँच गर्दा ट्रकको हुटमाथि प्लाष्टिकमा बेरिएको दुई क्विन्टल ३५ किलो गाँजा बरामद गरिएको थियो ।

गाँजासँगै ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–७ डाँडाबासका २७ वर्षीय कविराज गोलेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। यसअघि यही चैत ३ गते सोही ठाउँमा सिन्धुलीबाट बर्दिबासतर्फ आइरहेको बा३ख ५८३२ नम्बरको ट्रक जाँचका क्रममा ५४७ किलोग्राम गाँजा बरामद गरिएको थियो । चालक सिन्धुपाल्चोकको बाह्रबिसे–७ का ३७ वर्षीय सलिन मगरलाई पक्राउ गरी कारबाही अघि बढाइएको छ ।

यस्तै ब्यूरोको टोलीले चैत ८ गते ढल्केबर जनकपुर सडकखण्डको लक्ष्मीनियाँचोकमा मधेस प्रदेश–०३–००२–ख २५२० नम्बरको ट्रक जाँचका क्रममा पाँच क्विन्टल १० किलो गाँजा बरामद गरेको थियो । यस क्रममा ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–२ का २५ वर्षीय सञ्जीव सिन्तानलाई पक्राउ गरी आवश्यक कारबाही थालिएको प्रहरीले जनाएको छ ।पहाडी जिल्लाबाट ठूलो परिमाणमा गाँजाको ओसारपसार हुँदै आएको छ । गाँजा तस्करले महोत्तरीको बर्दिबासलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएका छन् । बर्सेनि बर्दिबास सेरोफेरोबाट ठूलो परिमाणमा गाँजा बरामद गरिँदै आएको छ । भरिया र चालक पक्राउ परेपनि मुख्य कारोबारीसम्म प्रहरी पुग्न सकेको छैन ।रासस

 


Thali Mobile Pvt.Ltd.