भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

‘विकासमा घुसेका विचौलियलाई बजेट दिदा विकास हुन सकेन’

‘विकासमा घुसेका विचौलियलाई बजेट दिदा विकास हुन सकेन’

रुकुम । योजना माग्ने मगन्त्येका कारण विकास हुन नसकेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । विकासका नाममा विचौलिया हाबी भएको दावी गर्दै शाहीले बजेट माग्ने योजनामा स्वार्थको गन्ध आउने जिकिर गरे ।

विकासमा घुसेका विचौलियलाई बजेट दिदा विकासले गतिलिन नसकेकाे उनकाे भनाइ छ । अपेक्षाकृत विकास नहुनको मुख्य कारण ध्यान नदिएर योजना हाल्ने परिपाटी भएको बताए । योजना र बजेट दिने त्यसको प्रभावकारी अनुगमन नहुँनु पनि समस्या भएको शाहीले बताए ।

योजना र बजेट मागिएको ठाउँको अनुगमन गर्दा कतै योजना नै नभएको कतै थोरै मात्रै काम गरेर अलपत्र छाडिएको उनको भनाइ छ । कम लगानीमा बन्नुपर्ने योजनमा धेरै बजेट मागगर्ने र दिने गरेको पनि पाईएको शाहीले दावी गरे

 


Thali Mobile Pvt.Ltd.