भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

‘इन्टरनेटमै असुरक्षित महिला’

काठमाडौं । इन्टरनेटमा ५० प्रतिशत महिलाहरु कुनै न कुनै रुपमा ‘अनलाईन एब्युज’को सामना गर्नु परेको एक अध्ययनले देखाएको छ । इन्टरनेट महिलाहरुका लागि सुरक्षित हुन नसकेको सो अध्यनले देखाएको हो ।

‘अनलाईन एब्युज’ कारण कयौँ महिलाहरुले आफ्नो जागिर छोड्नु परेको तथा कयौँ प्रभावशाली महिलाहरुले आफ्नो सोशल मिडिया अकाउन्ट पनि बन्द गर्नु परेको दावी छ । वर्ल्ड वाइड वेब (डब्ल्युडब्ल्युडब्ल्यु) का फाउन्डर टिम बर्नर्स लीले ३१ विश्वका अलग अलग सरकारहरु र टेक कम्पनीहरुलाई इन्टरनेटमा लैगिंक समानता बढाउने काम प्रमुख रुपमा गर्न आग्रह गरेका छन् ।

विश्वका सबै महिला र पुरुषले यस बारे सोच्न आवश्यक रहेको जनाएका छन् । लैगिंक समानता र महिला अधिकार समाजका लागि आवस्यक रहेको भन्दै वर्ल्ड वाइड वेब फाउन्डेशनकोआकंडा अनुसार इन्टरनेटमा महिलाहरु निकै पछि रहेको जनाएका छन । फाउन्डेशनले विश्वका फरक फरक क्षेत्रहरुको तथ्यांक सार्वजनिक गर्दै दक्षिण एशियाका मात्रै १८ प्रतिशत महिलाहरुले इन्टरनेट प्रयोग गरेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.