१० जेठ २०७७, काठमाडौ । नेपालमा कोरोना संक्रमणको संख्या दिनानुदिन बढिरहेको छ | भारतबाट नेपाल आउनेको संख्या अत्यन्तै ठूलो छ | यो ठूलो संख्याको कारण उनीहरुलाई परीक्षण समेत नगरि, क्वारेन्टाइनमा नराखि आफ्नो थातथलोमा पठाउने काम सुरु भएको छ |
यसले गर्दा संक्रमण बढ्ने क्रम जारी रहनेछ | यो अवस्थामा जेष्ठ नागरिक तथा दीर्घऔषधिसेवी घरभित्र समेत आइसोलेसनमा बस्नु जरुरी छ | कोरोना भाइरसको खोप तथा ठोस औषधि पत्ता नलागेको अवस्थामा जति सकिन्छ सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, भिडभाडमा नजाने तथा साबुन पानीले हात धोइरहने लगायतका सुरक्षा बिधि अपनाउनु आवश्यक छ |
१-२ बर्ष हाम्रो जीवनशैली यसै गरेर अघिं बढ्नेछ | अमेरिका तथा हल्याण्डमा भएको उमेर अनुसारको मृत्युदर, अस्पताल बस्नुपर्ने प्रतिशत तथा आइसीयुमा बस्नुपर्ने प्रतिशत यस्तो छ |
उमेर मृत्युदर अस्पताल बस्नुपर्ने आइसीयु
0-29 – 0.003% – 0.2% 0.02%
20-39 – 0.008% -0.29% -0.06%
40-49 – 0.017% – 0.69% -0.18%
50-54 – 0.058% -1.28% -0.39%
55-59 – 0.145% -1.98% – 0.69%
60-64 – 0.290% – 2.70% – 0.99%
65-69 – 0.757% – 3.52% -1.37%
70-74 – 1.668% – 5.30% – 1.82%
75-79 – 4.433% -8.14% -1.70%
80-85 – 7.836% – 9.11% – 0.50 %
सावधान :
यदि तपाईं ५० बर्षभन्दा माथि हुनुहुन्छ भने बिशेष सतर्कता अपनाउनु जरुरी हुन्छ | यो उमेरभन्दा बढीका व्यक्तिमा मधुमेह, उच्च रक्तचाप, मुटुको रोग, किड्नीको समस्या, फोक्सोको समस्या, उच्च कोलेस्टेरोल, मोटोपना, भिटामिन डी को कमी, धुम्रपान, मेटाबोलिक सिन्ड्रोम लगायतको समस्या छ भने औषधिले रोग नियन्त्रणमा राख्ने, आवश्यक सप्लिमेन्ट खाने तथा चिकित्सकको निगरानीमा रहनु जरुरी छ |
इम्युनिटी पावर बढाउनको लागि तथा जोखिमबाट बच्नको लागि यी सप्लिमेन्ट आजदेखि नियमित सेवन गर्नुहोला |
– Vitamin D3 60K हप्ताको १ क्याप्सुल / गोली ।
– Vitamin C दिनको एक ट्याब्लेट खानापछि दैनिक चुस्ने ।
– Zinc DT 20mg दिनको १ गोली खानापछि खाने ।
– गुर्जो, अश्वगन्धा, तुलसी, बेसार, अदुवा, मरिच मिसाएर बनाएको चिया दिनको २ पटक खाने |
यी सप्लिमेन्ट सस्तो मुल्यमा औषधि पसलहरुमा उपलब्ध छन् | यी सप्लिमेन्ट संसारभर प्रयोग भइरहेका छन् | यी सप्लिमेन्ट सेवन गर्दा शरीरलाई बेफाइदा गर्दैन | निकै फाइदा हुन्छ |
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, १४ वैशाख । हरेक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। यो दिन सन्तानहरूले आफ्नी आमालाई...
काठमाडौं । नेपाली लोकसङ्गीतको आँगनमा एक पटक फेरि मिठास भरिएको छ। चर्चित गीतकार तथा सर्जक भीम कुमार ओझाको प्रस्तुतिमा तयार भएको ‘दुई दिने जिन्दगी’ बोलको नयाँ लोकगीत सार्वजनिक भएको...
काठमाडौं । नेपाली लोकसंगीतको फाँटमा फेरि एकपटक गहिरो भाव र सन्देश बोकेको गीत सार्वजनिक भएको छ। गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीको युट्युब च्यानलमार्फत “जानै लाग्यो बैश रिमै” बोलको...
झापा,चैत २६ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सरोकारवालाका सुझाव संकलन गरेको छ ।जिल्ला प्रशासन...