भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

सीमा अतिक्रमण विरुद्ध झापामा युवा-विद्यार्थी सर्कलद्वारा विरोध प्रदर्शन

सीमा अतिक्रमण विरुद्ध झापामा युवा-विद्यार्थी सर्कलद्वारा विरोध प्रदर्शन

१० जेठ २०७७, झापा । भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाएको विरोधमा युवा-विद्यार्थी सर्कल झापाले भारतीय विस्तारवाद विरुद्ध गौरादहमा विरोध प्रदर्शन गरेको छ । देशभक्त विद्यार्थी पुर्ण बहादुर रानाको नेतृत्वमा देशलाई प्रेम गर्ने युवा र विद्यार्थीहरुको सहभागितामा विरोध सभा सम्पन्न भएको हो ।

सरकारले घोषणा गरेको बन्दाबन्दी कै बीच विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो । र्‍याली झापा, गौरादह नगरपालिकाको बजार परिक्रमा गरि डिपुचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

विरोधसभालाई सम्बोधन गर्दै युवा-विद्यार्थी सर्कलका पुर्ण बहादुर रानाले भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत भुमि अतिक्रमण गरेको र नेपाली भूमि गुञ्जी, नाभी र लिपुलेक अतिक्रमण गरी धार्चुला-मानसरोवर जोड्ने सडक निर्माण गरेको प्रति खेद प्रकट गरे ।

भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण गरि नेपालको सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप गरेको बताउँदै भारतको हेपाहा विस्तारवादी कदमको विरोध एवं भत्सर्ना गरेका हुन् । रानाले भने ‘सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदी पूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले २०७७ वैशाख २६ गते भारतको उत्तराखण्डको पिथौरागढ जिल्लाको धार्चुलादेखि नेपालको भूमि लिपुलेक भञ्ज्याङसम्म ८० किमि सडक भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेको समाचार बाहिरिएपछी नेपाल सरकारले आफ्नो देशको सार्वभौमिकता रक्षा गर्न नसकेको देखिएको र नेपाल सरकारका संयन्त्र र गुप्तचर विभागले काम नगरेको वा मौन बसेकोमा खेद प्रकट गरे ।

यद्यपि अतिक्रमित भूमि समेटिएको नेपालको नक्सा मन्त्रिपरिषद्‍द्वारा स्वीकृत भए सङ्गै सरकारले राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक, देशको सार्वभौमिकता रक्षाको लागि गरिएको प्रयास र प्रधानमन्त्री के पी ओलीको देश र जनताप्रतिको जिम्मेवारी स्वागत योग्य रहेको बताए । भारतले नेपालका ७१ भन्दा बढी ठाउँमा सीमा अतिक्रमण गरी ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि कब्जा गरिसकेकोले अब नेपाली जनता हात बाँधेर बस्न नहुने रानाले जिकिर गरे ।

सरकारलाई खुटा नकमाउन आग्रह गर्दै देशको सार्वभौमिकताको लागि पुर्खाको योगदान र बलिदानीलाई स्मरण गर्न सल्लाह दिए । देशको सार्वभौमिकता, स्वतन्त्रता र भू-अखण्डताको रक्षाका लागि नेपाली जनता सरकारको साथमा रहेको र जस्तोसुकै परिस्थितिको सामना गर्नसक्ने बताए ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै हो भन्ने प्रमाणको रुपमा अमेकिकामा भएको १८२७ को लाइब्रेरी अफ कंग्रेस वासिङ्टनसिटि, नक्सा सम्बन्धि भारतको एड्भान्स संग्राहलय, ब्रिटिस म्युजियम लाइब्रेरी भएको १८५६ बनाएको नक्सामा प्रष्ट लेखिएको छ, कि काली नदिको उन्द्गम बिन्दुदेखि पुर्वको सबै भु-भाग नेपालको हो ।

१८५६ -१९७५ सम्म आउदा हाम्रो देशको लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतले दाबी गर्दै आएको छ ।

तर भारतले नै बनाएको १८५६ को साबिक नक्साले नै भारतले दाबी गरेको भू-भाग नेपालको हो भन्ने प्रष्ट हुन्छ, उनले भने, १९०३ र १९२१ मा चीनले जारी गरेको राजनीतिक र प्रशासनिक नक्सा अनुसार लिम्पियाधुरामा अवस्थित काली नदिको मुल मुहान नै नेपाल-चीन-भारतको त्रिदेशिय विन्दु भएको देखाउछ ।

त्यसैले भारतले नेपालको जमिनमा गिद्देनजर नलगाउन खबरदारी गरे । २०१८ सालमा दार्चुलाको लिम्पियाधुरा क्षेत्रमा जनगणना गरेका वरिष्ठ पत्रकार भैरव रिसाल जिउदो प्रमाण भएकोले भारतले दाबी गरेर उसको नहुने जिकिर समेत रानाले गरे ।

फासिवादी मोदी सरकारले छिमेकी देशहरुलाई यसरी नै हेपिरहने हो भने मोदीको हालत पनि हिटलर र मुसोलिनीको जस्तै हुने भन्दै सबैले आ-आफ्नो ठाउँबाट सरकारलाई साथ, सल्लाह र सहयोग गर्न अनुराेध गरे ।

विरोध प्रदर्शनमा 
#Go Back India
#भारतीय विस्तारवाद मुर्दावाद
#फासिवादी मोदी सरकार मुर्दावाद
#भारतीय सेना नेपाल छोड
#नेपाली भूमि फिर्ता गर
#सीमा अतिक्रमण बन्द गर
#Back off India लेखिएका प्लेकार्ड सहित सहभागीले नारा लगाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.