ओमिक्रोनपछि नयाँ भेरियन्ट देखिन सक्नेतर्फ सचेत रहन आग्रह

ओमिक्रोनपछि नयाँ भेरियन्ट देखिन सक्नेतर्फ सचेत रहन आग्रह

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का प्रमुख डा. ट्रेडोस एडहनोम गेब्रेसियसले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्टले कोरोनाको उत्परिवर्तित स्वरुप ओमिक्रोन अन्तिम भेरियन्ट हुनसक्ने सोच्नु खतरनाक हुने चेतावनी दिएका छन् ।

डा. गेब्रेसियसले ओमिक्रोनपछि कोरोना महामारी अन्त्य हुन्छ भन्नु खतरनाक भएको र कोरोना महामारी कसरी अन्त्य हुन्छ भन्ने बारेमा अलग अलग परिदृश्य रहेको उल्लेख गरेका थिए । कोरोनाको नयाँ भेरियन्ट देखिन सक्ने तर्फ सबैलाई सचेत रहन उनको आग्रह रहेको छ।

महामारी रोक्नका लागि कोरोना महामारी फैलिनुको कारण पत्ता लगाई रोक्न आवश्यक भएको उनले बताए।

कोरोनाको उत्परिर्वत स्वरुप ओमिक्रोन अन्तिम भेरियन्ट भएको र यो नै महामारीको अन्त्य हो भन्नु गलत भएको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.