भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

सर्लाहीमा ३०० किलो गाँजा बरामद, घरधनी फरार

सर्लाहीमा ३०० किलो गाँजा बरामद, घरधनी फरार

सर्लाही, ४ भदाै । प्रहरीले सर्लाहीको कौडेनाबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कौडेना गाउँपालिका–१, लक्ष्मीपुरस्थित बाँसघारी नजिकै गहुँको भुस राख्न बनाइएको बाँसको कच्ची घरबाट ३०० किलो गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गाँजा ३० वटा पोकामा लुकाएर राखिएको अवस्थामा फेला परेको हो।

प्रहरीका अनुसार उक्त बाँसको कच्ची घर स्थानीय विजय पटेलको रहेको खुलेको छ। घरधनी पटेल भने फरार रहेको प्रहरीले जनाएको छ। फरार पटेलको खोजी भइरहेको तथा बरामद गाँजाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यस क्षेत्रमा यसअघि पनि प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको थियो। गाँजाको ओसारपसारका लागि संवेदनशील मानिएको उक्त क्षेत्रमा प्रहरीले निगरानी बढाएको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.