भर्खरै : Sorry, your browser does not support inline SVG.

सर्लाहीमा ३०० किलो गाँजा बरामद, घरधनी फरार

सर्लाहीमा ३०० किलो गाँजा बरामद, घरधनी फरार

सर्लाही, ४ भदाै । प्रहरीले सर्लाहीको कौडेनाबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कौडेना गाउँपालिका–१, लक्ष्मीपुरस्थित बाँसघारी नजिकै गहुँको भुस राख्न बनाइएको बाँसको कच्ची घरबाट ३०० किलो गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गाँजा ३० वटा पोकामा लुकाएर राखिएको अवस्थामा फेला परेको हो।

प्रहरीका अनुसार उक्त बाँसको कच्ची घर स्थानीय विजय पटेलको रहेको खुलेको छ। घरधनी पटेल भने फरार रहेको प्रहरीले जनाएको छ। फरार पटेलको खोजी भइरहेको तथा बरामद गाँजाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यस क्षेत्रमा यसअघि पनि प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको थियो। गाँजाको ओसारपसारका लागि संवेदनशील मानिएको उक्त क्षेत्रमा प्रहरीले निगरानी बढाएको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.