भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

खोटाङको पुमा सामुदायिक होमस्टेमा बढ्दो आकर्षण, स्थानीय परिकार र संस्कृतिले तान्दै पर्यटक

खोटाङको पुमा सामुदायिक होमस्टेमा बढ्दो आकर्षण, स्थानीय परिकार र संस्कृतिले तान्दै पर्यटक

 खोटाङ, ४ भदाै । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङस्थित पुमा सामुदायिक होमस्टे छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। निगालावासका ११ पुमा राई परिवार मिलेर २०८१ माघ १५ गतेदेखि सञ्चालनमा ल्याएको होमस्टेमा स्थानीय परिकार र पुमा राई समुदायको सांस्कृतिक झाँकी मुख्य आकर्षण बनेका छन्।

होमस्टेमा कोदोको ढिँडो, मकैको भात, जौको भात, सिस्नो, स्थानीय कुखुरा, बङ्गुर र राँगाको मासुलगायत परिकार उपलब्ध छन्। किरात संस्कारअनुसार फूलका गुच्छासहित पाहुनाको स्वागत गर्ने गरिएको छ।

गाउँपालिकाको सहयोगमा पाहुना सत्कार घर निर्माण तथा संग्रहालयसहितको भवन बनाउने योजना अघि बढाइएको छ। पर्यटकीयस्थल जन्तेढुङ्गा, होङ्मा पोखरी र भञ्ज्याङखर्क घुम्न आउने पर्यटकका कारण होमस्टेमा पाहुनाको चाप बढ्दै गएको सञ्चालकले बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.