भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

खोटाङको पुमा सामुदायिक होमस्टेमा बढ्दो आकर्षण, स्थानीय परिकार र संस्कृतिले तान्दै पर्यटक

खोटाङको पुमा सामुदायिक होमस्टेमा बढ्दो आकर्षण, स्थानीय परिकार र संस्कृतिले तान्दै पर्यटक

 खोटाङ, ४ भदाै । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङस्थित पुमा सामुदायिक होमस्टे छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। निगालावासका ११ पुमा राई परिवार मिलेर २०८१ माघ १५ गतेदेखि सञ्चालनमा ल्याएको होमस्टेमा स्थानीय परिकार र पुमा राई समुदायको सांस्कृतिक झाँकी मुख्य आकर्षण बनेका छन्।

होमस्टेमा कोदोको ढिँडो, मकैको भात, जौको भात, सिस्नो, स्थानीय कुखुरा, बङ्गुर र राँगाको मासुलगायत परिकार उपलब्ध छन्। किरात संस्कारअनुसार फूलका गुच्छासहित पाहुनाको स्वागत गर्ने गरिएको छ।

गाउँपालिकाको सहयोगमा पाहुना सत्कार घर निर्माण तथा संग्रहालयसहितको भवन बनाउने योजना अघि बढाइएको छ। पर्यटकीयस्थल जन्तेढुङ्गा, होङ्मा पोखरी र भञ्ज्याङखर्क घुम्न आउने पर्यटकका कारण होमस्टेमा पाहुनाको चाप बढ्दै गएको सञ्चालकले बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.