काेराेना संक्रमण विरूद्व कर्णाली प्रदेश सरकारकाे उच्च सतर्कता

काेराेना संक्रमण विरूद्व कर्णाली प्रदेश सरकारकाे उच्च सतर्कता image

कर्णाली । काेराेना संक्रमणविरूद्व कर्णाली प्रदेश सरकारले उच्च सतर्कतासंगै एक हजार क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले नेपाली सेनाको सहयोगमा मध्यपश्चिम विश्वविद्यालयमा ६ सय र रेडियो नेपालमा ४ सय क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् र कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यान्वयन समितिको संयुक्त बैठकले क्वारेन्टाइन स्थापनाको निर्णयसँगै तत्काल विपद् व्यवस्थापनका लागि ५० करोडको कोष स्थापना गरेको छ ।

कोषबाट नियमानुसार खर्च व्यवस्था मिलाउने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन्। त्यस्तै, कर्णाली प्रदेश प्रवेश गर्ने हवाई तथा स्थलमार्गका नाकामा उच्च सतर्कता अपनाई त्यस्ता नाकाबाट नेपाली नागरिकलाई मात्र प्रवेश गर्न दिने गरी आवागमन बन्द गर्नेसहितका १४ निर्णय गरिएको जानकारी दिइन् ।

विदेशी नागरिकलाई सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमतिले मात्र प्रवेश गर्न दिने र त्यसरी प्रवेश गर्ने व्यक्तिलाई प्रदेशको क्वारेन्टाइनमा कम्तीमा १४ दिन अनिवार्य राख्ने व्यवस्था मिलाउने निर्णय भएको प्रवक्ता केसीले बताइन ।

अत्याआवश्यक वस्तुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउने, सचेतनासम्बन्धी जनहितका सूचना तथा सामग्री प्रदेशभित्रका सबै एफएम रेडियो, टिभी च्यानल तथा छापा माध्यमलाई प्रयोग गरी प्रकाशन प्रसारण गर्ने गराउने साथै सामाजिक सञ्जालमार्फत नियमित रुपमा सूचना प्रवाह गर्ने निर्णय भएको बताइन्।

कालाबजारी, कृत्रिम अभाव सिर्जना गर्ने जो सुकैलाई कानूनबमोजिम कडा कारवाही गर्ने, २५ भन्दा बढीको कुनै पनि जमघट गर्न गराउन रोक लगाउने, बैंक तथा वित्तीय संस्था, नेपाल सरकारका सेवाग्राहीको बढी चाप हुने कार्यालय विद्युत् प्राधिकरण, दूरसञ्चार संस्थानलगायतका कार्यालयमा नेपाल सरकारले गरेका निर्णयलाई कार्यान्वयन गर्न गराउने निर्णय भएको उनको भनाई छ ।

सीमानाकामा स्यानेटाइजर, मास्क, थर्मोमिटरसमेतका सामग्रीको सहज व्यवस्थापन गर्ने, स्वास्थ्य अवस्थाको निगरानी, प्रयोगशाला क्षमता विस्तार गर्ने, सङ्क्रमित देखिएमा तत्काल प्रबन्ध गर्ने, अस्पतालको प्रक्षेपण, आइसोलेसन वार्डको तयारी र क्वारेन्टाइनस्थलको तत्काल चयन गर्ने व्यवस्था गर्ने गराउने जनाइएको छ ।

विदेशमा रहेका कर्णाली प्रदेशका नागरिकलाई छिटोभन्दा छिटो घर फर्कन अनुरोध गर्ने, फर्किएका नागरिकलाई सीमानाकाबाट यातायात प्रबन्ध गरी क्वारेन्टाइनमा राखेर मात्र घरसम्म पु¥याउने व्यवस्था मिलाउने निर्णय गरिएको बताइएको छ ।

त्यसैगरी, राति १० बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स सेवा, बारुणयन्त्र, सुरक्षा, स्वास्थ्य संस्थाका सवारीसाधन, शवबाहन, सरकारी निकायका चारपाङ्ग्रे सवारी साधनबाहेक अन्य निजी तथा भाडाका सवारीसाधनले सम्बन्धित प्रमुख जिल्ला अधिकारीको अनुमति लिई मात्र चलाउन पाउने व्यवस्था मिलाउने बताएकाे छ ।

सुरक्षा निकायको सतर्कता २४ सै घण्टा रहने व्यवस्था गर्ने गराउने, यातायातका साधन, सबै कार्यालय र सार्वजनिकस्थलको सरसफाइमा विशेष ध्यान दिनेसमेत निर्णय गरिएको प्रवक्ता केसीले बताइन् ।

त्यस्तै सरकारले सामाजिक विकासमन्त्री दल रावलको संयोजकत्वमा सबै मन्त्रालयका सचिव, सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको स्वास्थ्य हेर्ने प्रमुख, रेडक्रस, उद्योग वाणिज्य, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, औद्योगिक क्षेत्र सुर्खेत रहने गरी उच्चस्तरीय कार्यान्वयन समिति गठन गरिएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा कर्णाली प्रदेश प्रमुख सचिव, आन्तरिक सचिव, कर्णाली प्रदेश पत्रकार महासङ्घ, जिल्ला समन्वय समिति, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख रहने गरी उच्चस्तरीय अनुगमन समिति गठन भएको प्रवक्ता केसीले बताइन् ।

उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको संयोजकत्वमा नेपाल खाद्य संस्थान, नेपाल आयल निगम, नेपाल साल्ट ट्रेडिङ, एयरलायन्स एशोसिएशन सुर्खेत, कर्णाली प्रदेश उद्योग वाणिज्य सङ्घ, यातायात व्यवसायी महासङ्घ, उपभोक्ता हकहित संरक्षण मञ्चका प्रमुख रहने गरी उच्चस्तरीय आपूर्ति समिति गठन भएको छ ।

त्यसैगरी, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लाका सबै सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य सङ्घ, राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख, जिल्ला समन्वय समिति, स्थानीय तह र नेपाल रेडक्रसका प्रमुख रहने गरी जिल्लास्तरीय कार्यान्वयन तथा अनुगमन समिति गठन गरिएको छ ।

नगरपालिका तथा गाउँपालिकाका प्रमुख÷अध्यक्षको संयोजकत्वमा पालिकास्तरीय कार्यान्वयन तथा अनुगमन समिति र सोही संरचनामा वडास्तरीय कार्यान्वयन तथा अनुगमन समिति गठन गरिएको जानकारी दिईन् । RSS

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • कर्णाली राजमार्ग अवरुद्ध image

    कर्णाली राजमार्ग अवरुद्ध

    वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–३...

  • कर्णालीमा १७ सयभन्दा साना उद्योग दर्ता image

    कर्णालीमा १७ सयभन्दा साना उद्योग दर्ता

    सुर्खेत । ठुलो तथा मझौला खालका उद्योधन्दा नभएको कर्णालीमा एक वर्षको अवधिमा एक हजार ७ सय ६८ वटा साना उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०८०, ०८१ मा...

  • कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक image

    कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

    सूर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले गरेका निर्णय सार्वजनिक गरिएका छन् । बैठकले विभिन्न १८ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । बैठकले...

  • हिउँ जमेपछि कर्णाली राजमार्ग अवरुद्ध, सातमोडमा गाडी अलपत्र image

    हिउँ जमेपछि कर्णाली राजमार्ग अवरुद्ध, सातमोडमा गाडी अलपत्र

    मुगु । हिउँ जमेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस सातमोडमा अलपत्र परेका छन् । सडकमा हिउँ र बरफ जमेका...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.