विश्वभरी माहामारीको रुपमा फैलिएको रोगको नाम कोरोना भाइरस हो । यो रोग शुरुमा चीनको वुहानमा देखा परेको थियो। यो रोग लागेमा १०२ डिग्री भन्दा माथि ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, श्वास्प्रश्वासमा समस्या हुने लक्षण देखा पर्दछन् ।
माहामारीको रुपमा फैलिएको यो रोगलाई विश्वका शक्तिशाली राष्ट्रले पनि नियन्त्रणमा लिन सकेका छैनन् । चीनमा यो रोगबाट ३ हजा ३ सय जनाले ज्यान गुमाए । सबै भन्दा बढी माहामारीको प्रभाव ईटलीमा परेको छ । इटलीमा ७ हजार मानिसले ज्यान गुमाएका छन् । अमेरिकामा यसको प्रभाव झन बढ्दै गएको छ । फ्रान्स, इरान, इराक, भारत, पाकिस्तान र नेपाल पनि यसबाट प्रभावित भएका छन् ।
भर्खरै नेपाल सरकारले देश लकडाउन गरेको छ । नागरिकलाई सचेत बनाउनु र रोगको संक्रमण हुनबाट रोक्नु लकडाउनको उद्देश्य देखिन्छ । नेपालमा अहिले कोरोना भाइरस बारे गाउँ, शहर, प्रत्येक टोल टोल र घरपरिवारमा चर्चा भैरहेको देखिन्छ । कोरोनासंगै लकडाउन र क्वारेन्टाइनबारे जनतामा निकै चर्चा भएको छ ।
‘लकडाउन र क्वारेन्टाइन भनेको के हो ? जनताले बुझेका छैनन् । सबैले जनतालाई बुझाउने अभियान सञ्चालन गर्नुपर्छ । स्वास्थ्यकर्मीलाई परिचालन गर्नुपर्छ । अस्पतालमा निःशुल्क उपचारको घोषणा गर्नुपर्छ । रोजगारीको क्रममा विदेश गएका युवायुवतीलाई आफ्नो गाउँ र जिल्ला सम्म पुग्ने सहज वातावरण मिलाउनु पर्छ ।’
कोरोनाको जनतामा एक प्रकारको आतंक पैदा भएको छ । जनतालाई मानसिकरुपमा आतंकित नहुने वातावरण बनाउनुपर्छ । माहामारीबाट आफु बाँच्न र अरुलाई बचाउन सम्पुर्ण नेपाली सचेत हुुनु बाहेक अर्को विकल्प छैन । देशको स्रोत साधन दोहन गर्ने दलाल पुँजीपति वर्ग यतिबेला आफ्नो सुरक्षामा केन्द्रित भएको छ । जनतालाई संकट परेको बेलामा कालोबजारी र महंगीबाट फाईदा लिने दाउमा पुजिपति वर्ग लागेको छ ।
‘दलाल पूँजीवादका कारण आज देश नै संकटमा परेको छ । राज्यले दलालहरुको हितमा काम गरेको छ । देश र जनताको पक्षमा काम गर्ने नेता र कार्यकर्तालाई राजनीतिक पुर्वाग्रहको आधारमा गिरफ्तार गरिरहेको छ । राजबन्दी कमरेडहरुको रिहाई र गिरफ्तारी बन्द गरी सिंगो देश एकजुट भएर कोरोना भाइरसविरुद्ध लड्न जरुरी छ ।’
कोरोना माहामारी रोगसँग लड्न सबैले आफनो ठाउँबाट योगदान पुर्याउन जरुरी छ । माहामारी फैलिहाल्यो भने नियन्त्रण गर्न सक्ने ताकत यो व्यवस्था र शासकसँग छैन। हाम्रो देशमा जनताले सिटामोल नपाएर ज्यान गुमाउने अवस्था छ भने कोरोना जस्तो माहामारीबाट जनतालाई बचाउन सक्छन भन्ने आश पनि मरेको छ ।
सबै एकजुट भएर, सचेत भएपछि मात्र हामी माहामारीबाट जोगिन सक्छौं । खेतमा काम गर्ने किसान र कारखानामा काम गर्ने मजदुर अनि नदि किनारमा गिट्टी कुट्ने महिला र बालबालिकाको अवस्थाबारे ध्यान दिनु सबैको कर्तव्य हुन्छ । लकडाउनले समस्या होईन, समाधान दिनुपर्छ । –दिपेन्द्र (नेकपा दैलेख ईन्चार्ज)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
दार्चुला, व्यास–१ । नेपालको नक्सामा चुच्चो भएर ठडिएको सुदूर हिमाली गाउँ टिंकर, जसको प्राकृतिक सुन्दरता अतुलनीय छ, तर राज्यको नजरमा अझै ओझेलमा परेको छ। यहाँका सौका समुदायका बासिन्दा वर्षको...
शिक्षा राष्ट्रको मेरुदण्ड हो। कुनै पनि राष्ट्रको समुन्नति, प्रगतिशीलता र दिगो विकासको प्रमुख आधार सशक्त र समयसापेक्ष शिक्षा प्रणालीमा निर्भर हुन्छ। नेपालमा पछिल्ला दशकहरूमा शिक्षामा उल्लेख्य सुधार भए पनि...
श्रीहरि सेल्फ रियलाइजेशन फाउन्डेशनद्वारा प्रचारित श्रीहरि आरोग्य साधना एक गहन आध्यात्मिक र स्वास्थ्यवर्धक अभ्यास हो, जसले तप, सेवा, सुमिरन र समर्पणको माध्यमबाट व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक कल्याणलाई सन्तुलनमा...
भक्तपुर । नेपालको सांस्कृतिक राजधानीको रूपमा चिनिने भक्तपुर शहर विश्व सम्पदामा सूचीकृत एक प्राचीन नगरी हो। यो शहर कला, संस्कृति, परम्परा र समुदायको जीवन्तताले भरिपूर्ण छ। भक्तपुरलाई कला र...