भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

क्वारेन्टाइनमा स्वास्थ्यकर्मीमाथि नै कुटपिट

क्वारेन्टाइनमा स्वास्थ्यकर्मीमाथि नै कुटपिट

बैतडी । क्वारेन्टाइनमा एकजना स्वास्थ्यकर्मीमाथि नै निर्धात कुटपिट भएको छ । बैतडीको पुर्चौंडी नगरपालिका–५ को क्वारेन्टाइनमा राखिएका भारतबाट आएका ७ जनाको विषयलाई लिएर स्वास्थ्यकर्मी करनसिंध धामीमाथि निर्घात कुटपिट भएको हो ।

 

हालै भारतबाट फर्किएका युवाहरुलाई वडा नम्बर ५ मा क्वारेन्टाइन बनाएर राखेको थियो । क्वारेन्टाइनमा रहेका ७ जनामध्येका सुनिल जागरीका बुवा नरेन्द्र जागरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका हुन् । गाजरीले स्वास्थ्यकर्मी धामीको चिर्पटले हानेर औंला समेत चपाएका छन् ।

 

कुटपिटबाट घाइते स्वास्थ्यकर्मी उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पु¥याइएको पुर्चौंडी नगरपालिकाका रण बहादुर कुँवरले बताए । हाम्रो मान्छेलाई किन क्वारेन्टाइनमा राखेको ? भन्दै नरेन्द्र जागरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको कुँवरले बताए । स्वास्थ्यकर्मीमाथि हातपात गर्ने जागरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.