जनताका समस्या समाधान गर्ने छु : नीरज लवजु नेमकिपा उम्मेद्ववार (भिडियाे सहित)

जनताका समस्या समाधान गर्ने छु : नीरज लवजु नेमकिपा उम्मेद्ववार (भिडियाे सहित) image

उपनिर्वाचनको माहोल तात्तिदै गएको छ । मंसिर १४ गते हुने उपनिर्वाचनमा दलहरु मतदाता केन्द्रीत भएका छन् । निर्वाचनमा होमिएका बेला उम्मेदवारहरु आफ्ना एजेण्डा लिएर जनता माझ गैरहेका छन् । तर जनताले चुनावी घोषणापत्र कागजमा मात्रै सितित भएको र नेताका भाषण खोक्रा आडम्वरका पोको मात्र भएको आरोप लगाएका छन् । यहि बीचमा भक्तपुर जिल्लाको निवार्चन क्षेत्र नं. १ मा के भैरहेको छ त ? आज हामीले भक्तपुर निर्वाचन क्षेत्र न १ का प्रदेश सभा उम्मेद्धवार नेमकिपाका नीरज लवजुसंग कुराकानी गरेका छाैं । 

जनताकाे घरदैलाेमा पुग्दा के पाउनु भयाे ?

भौगोलिक रुपमा नै जटिल क्षेत्र भक्तपुर जिल्लाकै सबैभन्दा ठूलो नगरपालिका चाँगुनारायण नगरपालिका हो । ६० प्रतिशत क्षेत्रफल ओगटेको यो नगरपालिकाका समस्या पनि त्यहि किसिमका छन् । जनताका धेरै किसिमका समस्या छन् । खानेपानी, सडक, नयाँ वस्तीमा ढलनिकासका समस्या रहेका छन् । उद्योग कलकारखानाको विकास नभएकाले युवा शक्ति बेरोजगार छ । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० शुरु हुदैछ ।

उपत्यकाकै सबैभन्दा पुरानो र आकर्षणको केन्द्रका साथै धेरै पर्यटक आउने नगरकोट पनि यहि क्षेत्रमा पर्छ । तर त्यहाँ जाने बाटोको अवस्था छ सात वर्ष यता गयगुज्रेको र भताभुगं अवस्थामा छ । यहाँ आउने पर्यटकको संख्या उल्यख्य संख्यामा घटेको छ । यसले गर्दा यस क्षेत्रको समृद्धि र आर्थिक विकासमा प्रतिकुल असर परिरहेको छ । अर्को अव्यवस्थित आवास र घरनिर्माणले गर्दा न्यूनतम आधारभूत आवाश्यक्ता पुरा हुन सकेका छैनन् ।

यस भन्दा पहिले पनि साँसद नभएका होइनन्, तर त्यो किसिमको विकास हुन सकेन भन्न खोज्नु भएको हो ?
साँसदको मुल जिम्मेवारी भनेको यस क्षेत्रबाट निर्वाचित भएर समग्र देशको विकासका निम्ति ऐन, कानून बनाउने हो । स्थानीय तहको काम भनेको स्थानीय नगरपालिका र गाँउपालिकाले गर्नु पर्ने हो । अहिलेको जतिपनि पालिकाहरु छन् । संविधानले यी पालिकाहरुलाई शक्तिशालि बनाएका छन् ।

अहिलेको स्थानीय तहको मुलभूत जिम्मेवारी भनेको बाटोघाटो, ढलनिकासको बन्दोवस्त गर्ने हो । सम्पदाको संरक्षण गर्ने जिम्मेवारी नै नगरपालिकाको हो । संसदिय निर्वाचन भनेको मुलत ऐन, कानूनसंग जोडिएको हुनाले हामीले यसमा भिन्नता पहिल्याउन सक्नु पर्छ जस्तो मलाई लाग्छ ।

साँसद निर्वाचित भैसके पछि पनि आफ्नो क्षेत्रमा विकास गर्ने नीति, नियम नबनाइकन क्षेत्रगत रुपमा विकास गर्ने भन्ने नजिर बनिसक्या छैन र ?
नेपाली जनतामा रहेको यो भ्रम चिर्न अब धेर जटिल भैसकेको छ । संसदको काम ऐन, कानून बनाउनु हो । तर विकास निर्माणसंग पनि हामी जोडिएर रहेका छौं । यो क्षेत्रमा लामो समय देखि नेमकिपाकै प्रतिनिधि निर्वाचित हुदै आएको र संसद विकास कोषको पैसा चाँगुनारायण नगरपालिका कै वडाहरुमा लगानी गरिराखेको हो । हिजो गाविस हुदा पनि त्यसैमा लगानी ग¥यौं । भौतिक र पूर्वाधार निर्माणमा नेमकिपाले जस्तो अरुपार्टीले आज सम्म गरेका पनि छैनन् । चाँसो पनि दिएका छैनन् यो दावाका साथ हामी भन्छौं ।

तपाईले यसो भनिरहँदा नगरकोटको बाटो ६, ७ वर्ष देखि उस्ताको उस्तै छ । धेरैले यहि बाटोलाई राजनैतिक एजेण्डा बनाएका छन् । यहि बाटो देखाएर हामी बनाउछौं भनेर चुनावी मुद्धा बनाएका छन् नि तपाई पनि यहि मुद्धालाई उठाउनु हुन्छ ?
होइन, हामीले निर्वाचनका लागि मात्र होइन धेरै पहिले देखि नगरकोट सडकका विषयमा लगातार बोल्दै, सडकमा जुलुस प्रर्दशन गरेका छौं । सम्वन्धित निकायलाई घचघचाएकै छौं । तर विडम्वना त्यो सडक निर्माणको ठेका पाएको व्यक्तिलाई अहिले सत्तासिन दलहरुले नै संरक्षण गरिरहेको छ । दुई वर्षमा सकिनु पर्ने काम आज सात वर्ष वितिसकेको छ । अझै पनि काम भएको छैन । झूठा कुराहरु गरेर जनतालाई झुक्याउने काम गरिरहेका छन् । र यसलाई चुनावी मुद्धा हामीले बनाउन चाहेका होइनौं, सत्तारुढ दल आफैले चुनावी मुद्धा बनाई दिएको छ ।

के हुनु पर्थ्याे ?
दुई वर्षमा काम सकिनु पर्ने तर दुई वर्ष थपिदा पनि काम पुरा नगर्ने ठेकेदारलाई कार्वाहि गरिनु पथ्र्यो । अर्को ठेकेदार कम्पनीलाई जिम्मा दिनु पर्ने । सैलुन कन्सट्रक्सनको शारदा अधिकारी नामको ठेकेदार लाई किन कार्वाहि गरिएन ? सात सात वर्ष सम्म जनतालाई धुलो खुवाउने, काम नगर्ने यो ठेकेदारलाई किन संरक्षण दिएको छ । जनता कति धुलोमा बाँच्ने ? बाटोको अवस्था विक्राल बन्दा पनि सरकारले कहाँ हेरिरहेको छ ? सत्तारुढ दल नेकपा नै यसको जिम्मेवार हो । यसकै कम्जोरीका कारण यो चुनावी मुद्धा बनेको हो ।

आरोप प्रत्यारोपको राजनीति विशेष गरि यहि चलेको छ । रंगशाला निर्माण देखिका कुरालाई हेर्दा विभिन्न आलोचना गरेका विषय पनि बन्ने गरेका छन् । यसमा तपाईको भनाई के छ ?
आलोचनाको नाममा झूठा आलोचना गर्ने, आरोपको नाममा फुस्रा आरोप लगाउने कामले राजनीतिलाई सहि बाटोमा डो¥याउदैन । जनताको अगाडि वास्तविक्ता के हो त्यो प्रस्तुत गरौं । कस्ले के गर्न खोजेको हो ? कस्ले के भन्दा खेरी उसलाई कहाँ नेर फाईदा र कहाँ नेर बेफाईदा हुन्छ ? राजनैतिक दलको कुन नेताले कुन कुरा किन भनिरहेको छ भन्ने कुरा जनता आफैलाई पनि थाहा भएको हुनाले त्यहिबाट जनताले मुल्यांकन गर्ने छ को कस्तो हो भन्ने कुरा ।

तर नीरज जी, तपाईको पार्टीलाई विकास विरोधी पार्टी भनेर पनि आलोचना गरिएको सुनिन्छ यसलाई कसरी चिर्नु हुन्छ ?

हामी कसरी विकास विरोधी ? तपाईले रंगशालाको कुरा उठाउनु भयो । सरकारले रंगशाला बनाउने भनेर ५० लाखको बजेट छुटाएको रहेछ । रंगशाला भक्तपुरमा बनाउने भन्ने कुरा सुन्यौ । तर त्यो कुन ठाँउमा बनाउने भनेर टुङ्गो लगाउनलाई मात्र पचास लाख छुट्याएको रहेछ । त्यो ५० लाखमा ¥याल चुहाएर केहि मान्छेले भक्तपुरको केहि ठाँउलाई औल्याएर, देखाएर रंगशालाको कुरा गरेका हुन । हामीले प्रस्ट शव्दमा भन्यौं काठमाडौं उपत्यकामा अहिले पनि जनसंख्या केन्द्रीकरण भैरहेको छ । सबै जनता काठमाडौमा मात्र बस्ने हो भने देशको सन्तुलित विकास हुँदैन ।

दिगो विकासको कुरा गरौं तर विकासको नाममा केहि मान्छलाई पोष्ने, आफ्नालाई धनि बनाउने, केही मान्छेलाई कमिशन कुम्ल्याउने लुट तन्त्रको विरोधी हामी हौं । औधोगिक क्रान्ति ताका यूरोपेली देशहरुले पनि विकास कै मात्र कुरा गरेका थिए । आज उनीहरुले पनि दिगो विकासको कुरा गर्न थालिसके । त्यसैले हामीले रंगशालाको विरोध गरेका होइनौं । उपत्यका वाहिर रंगशाला बनाउदा केहि हद सम्म भएपनि देशको सन्तुलित विकास हुन्छ भन्ने हाम्रो तर्क हो ।

स्थानीय तहका नगरपालिका, गाँउपालिकामा मेयर तथा अध्यक्ष लगायतले डोजर किन्ने र बाटो निर्माण गर्ने विकासे चरण चलेको छ । यो कस्तो खाले विकास हो ? 
विकासको नाममा सत्ताका वरपरका मान्छेलाई पोस्ने काम भयो । जिल्ला जिल्लामा पहाडमा डोजर चलाएर बाटो बनाउने काम भैरहेको छ । यो पर्यावरणीय हिसाव र ईन्जीनियरिङ पोइन्ट अफ भिउबाट ठिक हो कि होईन ? दिगो हो कि होईन यस विषयमा कुनै चाँसो छैन ।

डोजर चालकले जता जता सोज्यायो त्यतै त्यतै बाटो बन्नाले कसरी दिगो विकास होला ? सत्तासिन दललाई फाईदा त होला तर सरकारी पैसा सिद्याउने चलखेल मात्र हो । यसले कार्यकर्ता पछाडि लागेको जस्तो, ठेकेदार आफ्नो पक्षमा भएको जस्तो महशुस त होला तर कालान्तरमा जनताले दुःख पाउछ नै देशले पनि दुःख पाउछ । सरकारमा गैसकेको दलले यस विषयमा चिन्तन, मनन् र सोच्नु पर्छ ।

निर्वाचन केन्द्रत हौं । भक्तपुर प्रदेश सभा क्षेत्र न. १ का जनताले नेमकिपालाई भोट किन दिने ?
पहिलो कुरा यस क्षेत्रमा नेमकिपाको लगानी धेरै छ । २५ वर्ष देखि नेमकिमाका प्रतिनिधि निर्वाचित हुदै आएका छन् । प्रतिनिधि सभामा निर्वाचित साँसदको जतिपनि संसद विकास कोषका रकम विशेष गरि चाँगुनारायण नगरपालिकामा खानेपानी, ढलनिकास लगायतको बन्दोवस्त गर्ने गरिएको छ । विभिन्न वडामा संसद विकास कोषको रकम चाँगुनारायण नगरपालिकाका वडाहरुमा नै लगानी भएको छ ।

चाँगुनारायण मन्दिरको संरक्षण, पूर्वाधार निमाणका हिसावमा पनि धेरैकाम भएका छन् । जनताका समस्या सुक्ष्म रुपमा अध्यन र विष्लेशण गरिरहेका छौं कहाँ के आवश्यक्ता छ भन्ने कुरा। अर्को कुरा सरकार काण्ड काण्डमै फसिरहेको छ । स्थानीय पालिकाको संचालनमा जुन जनविरोधी काम भैरहेको छ त्यसले जनतामा सत्ताशिन दलप्रति जनआक्रोष यस क्षेत्रमा तिब्र छ । तेस्रो कुरा विकल्प के भन्ने होला, नेपाली काग्रेस विकल्प होईन । किन भने नेपाली काग्रेसले चलाएको देश त जनतालाई राम्ररी थाह छ ।

कलकारखाना नीजिक्षेत्रमा बेचेर नेपाली युवालाई वेरोजगारी र विदेशमा श्रम वेच्न बाध्यपार्ने काँग्रेस नै हो । उद्योगहरु बन्द गरेर युवा विदेश धकेल्ने त्यहि काँग्रेस हो । राष्ट्रघाति संधि सम्झौता गर्ने पनि काग्रेस हो । त्यसैले उचित विकल्प भनेकै नमकिपा हो । त्यसैले प्रतिपक्षको भूमिका खेल्नेमा पनि नेमकिपा हो । सरकारलाई सहि ट्रयाकमा ल्याउने, उसका कुकृति जनतामाझ ल्याउने र सरकारलाई जेपायो त्यो गर्न नदिने भनेकै नमकिपा हो भन्ने कुरा जनतालाई राम्ररी थाहा छ । त्यसैले जनताले हामीलाई नै मादल चिन्हमा भोट दिएर जिताउने छन् भन्नेमा विश्वस्त छौं ।

यहि कुरा जनताको माझमा राख्दा प्रतिक्रिया के आँउछ ?
जसरी ज्वालामुखि विष्फोटन हुनु अगाडि भित्र लाभाहरु हल्चल गछर्न जनताको कुरा सुन्दा त्यसरी नै सत्तासिन दलहरु प्रति जनताको आक्रोष छ । निर्मला पन्तको बलात्कार पछि हत्या काण्ड, एनसेल काण्ड, बालुवाटार जग्गा काण्ड र कृष्णबहादुर महरा काण्ड पनि जनताले भुलेका छैनन् । यि काण्डै काण्डले गर्दा विकास र समृद्धिको कुरा गर्ने तर काम चाँहि यस्तो गर्ने ? यो त अति भयोन र भनेर जनताले भनिराखेका छन् । त्यसैले नेमकिपा अझ गरिव जनताका वस्ती वस्ती सम्म पुग्नु प¥यो भनेर जनताले भनि राखेका छन् । नेपकिपाको विचार घरघर सम्म पु¥याउनु प¥यो भनेर उत्साहजनक प्रतिक्रिया हामीले पाइरहेका छौं ।

जनताले यो क्षेत्रबाट जिताएको खण्डमा तपाईले के गर्नु हुन्छ ?
हामी सत्ता राजनीति गर्दै नौं । केहि समय अघि सत्तारुढ दलका नेताले आएर मन्त्री बनाउने कुरा बोलेर जानु भयो । आफ्नो उम्मेदवार जित सिधै मन्त्री बनाउने प्रचार गर्नु भयो । मन्त्री बन्नु र नबन्नुमा के फरक छ । व्यक्तिगत रुपमा त पैसा कमाउला तर देशलाई के फाईदा ? यति धेरै मन्त्री भईसके । त्यसैले नेपाली जनता विरुद्ध सरकारले ल्याएका ऐन, कानून छन्, त्यसका रौं चिरा पारेर त्यसका गलत कुराहरु हामी निकाल्छौं। जनताका बीचमा राख्दीन्छौं । त्यसका विरुद्ध लड्छौं । जनताका विरोधको कारणले सरकारले आफ्नो निणर्य फिर्ता लगेको त यहि सरकारका उदाहरण धेरै छन् । त्यसकारण जनताको आवाज बुलन्द गर्नेछौं ।

छेउमै रहेको भक्तपुर नगरपालिकाले गरेकाे विकास निर्माण हेर्दा जो कोहि चकित पर्दछन्। 
भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका त जोडिएकै नगरपालिका हुन । अनोन्यायश्रित रुपमा गाँसिएको छ । विहान दुध लिएर चाँगुनारायण नगरपालिकाका दाजुभाई भक्तपुर नगरपालिकामा पुग्नु हुन्छ । किन मेल गरेर फर्किनु हुन्छ । नङ र मासु जस्तै सम्वन्ध छ यो नगरपालिका सित । भक्तपुर नगरपालिकाको विकासको मोडल अरु नगरपालिकाले पनि सिको गर्न थालिसकेका छन् ।

जनचाहनाको मोडल हुुनु भनेको नेमकिपाको सहि नेतृत्व भएकाले सम्भव भएको हो । चाँगुनारायण नगरपालिकामा पनि सहि नेतृत्व नभएकाले, भिजन भएको नेतृत्व नपाउदा दुःख पाएका छौं । विगत त जे भयो भयो यतिखेर जनसेवक नेतृत्व ल्याउन विगतको कम्जोरी सच्याउछौं भनेर जनताले भनिराखेका छन् । जनताको त्यो अपेक्षा यतिखेर पुरा हुदैछ ।

अब अन्तमा कतिपय उम्मेद्धारले शतप्रतिशत जित हाम्रो भनिरहेका बेला तपाई के भन्नु हुन्छ ?
जनता निर्णायक हुन । लालचमा गएर मतदान नगर्नु होला । विवेक र स्वाभिमानका निम्ति हाम्रो पूर्खाले धेरै लामो संघर्ष गरेका छन् । मतदान गर्ने अधिकार कौडिको भरमा वेचिनु हुदैन ।अधिकारका लागि हामी पनि लडिराखेकै छौं । त्यसैले जुन विचारले सबैको हित गर्छ त्यसैकाे आधारमा मतदान गर्नु हुन अनुरोध गर्दछु । यस आधारमा जनताले हामीलाई मतदान गर्नेमा म विश्वस्त छु ।

हवस्त समय दिनु भयाे यसका लागि धन्यवाद साथै जितकाे शुभकामना ।

सम्पूर्ण चाँगुनारायणका जनताले मा मादल चिन्हमा मतदान गर्न अनुरोधका साथ तपाईंको लोक प्रिय मिडिया मार्फत मेरो विचार साथै पार्टीकाे विचार जनता समक्ष राख्ने अवसर दिनु भयो, यसका लागि आभार प्रकट गर्दछु । धन्यवाद

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda