भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

‘एक इन्च भूमि पनि मिचिन दिन्नाैं’

‘एक इन्च भूमि पनि मिचिन दिन्नाैं’

काठमाडौं । देशभरी सीमा अतिक्रमणको विरोध भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले एक इन्च भूमि पनि मिचिन नदिने बताएका छन् । नेपालको भूमि कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र आफ्नो नक्सामा समेटेर भारतले हालै सार्वजनिक गरेको नयाँ नक्साबारे विरोध भइरहेका वेला प्रधानमन्त्री ओलीले पहिलोपटक यसवारे सार्वजनिक प्रतिक्रिया दिएका हुन् ।

राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार कूटनीतिक पहलबाट भारतसँगको सीमा समस्या सुल्झाउन लागेको बताए । नेपाल–भारत सीमा विवाद पुरानै भएको दावी समेत गर्दै भारतले नक्सा सच्याएर मात्र नहुने बताए । मिचिएको नेपाली भूमि फिर्ता गर्नुपर्छ भन्दै प्रधानमन्त्री ओलीले नाकाबन्दीको समयमा भारतसँग आफू नझुकेको स्मरण गरे ।

भारतीय अतिक्रमणविरुद्ध देश एक ढिक्का हुनु सकारात्मक भएको भन्दै उनले भने, सरकारले आफ्नो भूमि एक इन्च पनि मिचिन दिँदैन । आफ्नो भूमि अरू कसैलाई दिँदैनौँ, अरूको पनि अतिक्रमण गर्दैनौँ भने। हाम्रो भूमिबाट छिमेकी मुलुकले आफ्ना सेना फिर्ता लैजाओस् । यो हामीले आग्रहपूर्वक भनेका छौँ । शान्ति स्थापनाका लागि विश्वमा हामीले शान्ति सेना पठाइरहेका छौँ । यसमा हामीले बहादुरी कमाएका छौँ । हामी शान्तिको पक्षमा छौँ । छिमेकीसँग किञ्चित तनाव नहोस् भन्ने पक्षमा हामी छौँ । संवादको माध्यमबाट समस्या समाधान गर्न चाहन्छौँ ।

 


Thali Mobile Pvt.Ltd.