काठमाडौं । कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार आजदेखि बन्द हुने भएको छ । कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको काठमाडौँ महानगरपालिकाले जनाएकाे छ ।
बजारमा बिहीबारदेखि तरकारी तोकेका बजारबाट मात्रै गरिने भएकाे छ । बन्दाबन्दी अवधिभर र कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई नगरले आग्रह गरेको छ।
काठमाडौँको खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायतका ११ स्थानमा तरकारी बिक्रीको प्रबन्ध गर्नेगरी तयारी भएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बन्दाबन्दीका बेला भीड बढेर कोरोनाको जोखिम हुने खतरा देखिएपछि महानगरपालिकाको निर्णयलाई सहयोग केही समयका लागि तरकारीको कारोबार बन्द गर्न लागिएको जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम सोमबारदेखि ठप्प बनेको छ । स्थानीय बासिन्दाले धादिङ र काठमाडौं दुवैतर्फ निर्माणमा अवरोध गरेपछि काम रोकिएको हो ।धादिङको सिस्नेखोलातर्फ निर्माणाधीन रोड साइड सर्भिस स्टेसन...
काठमाडौँ । आइतबार टोखामा भएको गोलीकाण्डले नेपाल प्रहरीको अनुसन्धानमा नयाँ पाटो थपेको छ । खासगरी नक्कली भारतीय नोटको कारोबारको आरोपमा शृंखलाबद्ध हत्या हुँदा अनुसन्धानमा हच्किने प्रहरीले यस्तै आरोपमा फरार रहेका...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुने भएको छ। दिउँसो १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक...
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास होमस्टे सञ्चालनमा ल्याएको छ । पर्यटन प्रवद्र्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका...