भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

उर्जामन्त्री खड्का र चीनका राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासकबीच भेट

उर्जामन्त्री खड्का र चीनका राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासकबीच भेट

काठमाडौँ ,१३ असार । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र चीनका राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक वाङ होङजीबीच भेटवार्ता भएको छ ।चीनको जेझियाङ प्रान्तको निङ्बो शहरमा आयोजना गरिएको शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को सदस्य राष्ट्रको ऊर्जामन्त्रीस्तरिय बैठकको अवसर आज मन्त्री खड्काले चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक होङजीसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताको क्रममा मन्त्री खड्काले चीन सरकारले आयोजना गरेको शाङ्घाई सहयोग सङ्गठन (एससिओ) का सदस्य राष्ट्रका वैठकले नेपालको ऊर्जा क्षेत्रको विकासमा समेत सहयोग पुगेको भन्दै ऊर्जामन्त्रीस्तरिय बैठक सफल आयोजनाका लागि चीन सरकारलाई बधाई तथा धन्यवाद दिए ।

भेटमा नेपाल-चीनबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र ऊर्जा क्षेत्रको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा सौहार्दपूर्ण छलफल भएको ऊर्जामन्त्रीसँगै सहभागी मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सागरराज गौतमले जानकारी दिए ।

भेटमा चीनका राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक होङजीले नेपालको ऊर्जा पूर्वाधार विकासका लागि आवश्यक प्राविधिक तथा वित्तीय सहयोग प्रदान गर्न चीन सरकार प्रतिबद्ध रहेको बताएका थिए । रासस

 


Thali Mobile Pvt.Ltd.