भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

भीमबहादुर हत्याका आरोपी पुर्पक्षका लागि कारागार चलान

भीमबहादुर हत्याका आरोपी पुर्पक्षका लागि कारागार चलान

चितवन, । भरतपुर महानगरपालिका–४ का भीमबहादुर विश्वकर्माको हत्या आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत चितवनले थुनछेक बहसका क्रममा उनीहरुलाई आज कारागार चलान गरेको हो । जिल्ला अदालत चितवनका स्रेस्तेदार ईश्वर आचार्यका अनुसार विकको हत्यामा संलग्न भएका सीताराम बस्नेत र दिलीप श्रेष्ठलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरुलाई थप अनुसन्धान गर्नुपर्ने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

उनीहरुलाई भीमबहादुरको हत्या असोज २८ गते भएको कुटपिट गरी हत्या गरेको आरोप थियो । भरतपुर–४ दुर्गाचोक नजिक दुर्गा मन्दिरअगाडि कुटपिटपछि उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । अन्ठाउन्न वर्षीय विश्वकर्मा हत्या प्रकरणमा पक्राउ परेका बस्नेत र श्रेष्ठलाई आवेश प्रेरित ज्यान मुद्दा दर्ता भएको थियो ।

आचार्यका अनुसार उनीहरुलाई मुलुकी अपराधसंहिता, २०७४ को दफा १८९ को उपदफा १ को ग कसुरको अपराधमा १५ वर्ष कैद र रु एक लाख जरिवाना माग दाबी गरिएको थियो । आरोपीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि विकको शव अझै उठ्न सकेको छैन । दलित अभियानकर्मीहरूले जातीयताका आधारमा हत्या भएको भन्दै आन्दोलन गरिरहेका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.