भोकै परेका र घर जान नपाएकाले हटलाइन ११३१ र ११८० मा सम्पर्क गर्न अनुराेध

भोकै परेका र घर जान नपाएकाले हटलाइन ११३१ र ११८० मा सम्पर्क गर्न अनुराेध image

बैशाख ६, २०७७ शनिबार/ काठमाण्डौ । लकडाउनको बेला समस्यामा परेका नागरिकलाई दुईवटा हटलाइन नम्बरमा सम्पर्क गर्न काठमाण्डौ उपत्यका नगरपालिका फोरमले अनुराेध गरेको छ । काठमाण्डौ उपत्यकामा रहेका तर खर्च सकिएर अप्ठ्यारोमा परेका नागरिकले हटलाइन नम्बर ११८० र ११३१ मा सम्पर्क गर्न यस्ताे अनुराेध गरेकाे हाे ।

काठमाण्डौ महानगरपालिकामा ११८० र ललितपुर महानगरपालिकामा ११३१ नम्बर सञ्चालन गरिएको छ । यसअघि यी नम्बरमा फोन गरेर कोरोनाबारे जानकारी र अत्यावश्यक बिरामीका लागि एम्बुलेन्स सेवा लिन सकिन्थ्यो । यी टोल फ्रि नम्बर चौबिसै घण्टा उपलब्ध छ ।

हटलाइन नम्बर ११८०

लकडाउनका बेला हृदयघात र मृगौला रोगीलगायतलाई अस्पताल लैजान र ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको लागि काठमाण्डौ महानगरपालिकाले यसअघि ११८० नम्बर सञ्चालन गरेको थियो । महानगरपालिकाभित्र बसोबास गर्नेहरु बिरामी परे यही नम्बरमा सम्पर्क गर्ने गरेका थिए ।

हिजो अस्ति राहतबारे बुझ्नेहरुको धेरै फोन आउन थालेको महानगरपालिका कर्मचारी ज्ञानबहादुर ओलीले बताए । काठमाण्डौमा डेरा गरी बस्ने विद्यार्थी, मजदुर, अति विपन्न वर्ग, असहायका साथै बोडिङ स्कुल पढाउने शिक्षकहरुले समेत समस्या राख्ने गरेका छन् ।

बोडिङ पढाउने शिक्षकहरुले तलब नपाउँदा अप्ठ्यारोमा परेको गुनासो गरेका छन् । त्यस्तै विद्यार्थी र मजदुरलगायतले लकडाउन लम्बिँदै गएपछि खर्च नभएकोले समस्यामा परेको गुनासो गर्ने गरेको र यसरी फोनमा सम्पर्क गर्नेहरुलाई जहाँ छन् त्यहीँको वडा जनप्रतिनिधिलाई जानकारी गराएर राहत लिन सुझाव दिने गरिएको ओलीले बताए ।

‘सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुस् । त्यहाँबाट राहत पाउनुहुन्छ भनेका छाैं,’ ओलीले भने, ‘कसैलाई जनप्रतिनिधिको नम्बरसमेत दिने गरेका छौँ ।’ हटलाइन नम्बरमा काठमाण्डौ उपत्यकाभन्दा बाहिरबाट पनि फोन आउने गरेको उनको भनाइ छ ।

हटलाइन नम्बर ११३१

हटलाइन नम्बर ११३१ मा आउने फोन ललितपुर महानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीको टोलीले उठाउने गर्छ । यो नम्बरमा पनि काठमाण्डौ उपत्यकाभित्रबाट मात्र होइन, बाहिरबाट समेत फोन आउने गरेको छ । हटलाइनमा फोन गर्नेहरुले भोकभोकै परेको, घर जान नपाएको र राहतका लागि कहाँ कसरी सम्पर्क गर्ने जानकारीसमेत नभएको गुनासो गरेको शर्माले बताए ।

तर उनीहरुलाई अहिले लकडाउनको बेला घर जानेभन्दा जहाँ छन् त्यहीँबाट आवश्यक सहयोगको माग गर्न भनिएको छ । सहयोग घरधनी, टोल समिति र सङ्घसंस्थासहित वडा कार्यालयबाट माग्न आग्रह गरिएको शर्माको भनाइ छ । गुनासा राख्ने र राहत माग्नेबाहेक कोरोनाबारे जानकारी माग्नेहरुलाई समेत सहजीकरण गर्ने गरेको उनकाे भनाइ छ ।

काठमाण्डौ उपत्यका नगरपालिका फोरमले लकडाउनको बेला समस्यामा परेर काठमाण्डौ नछाड्न र अप्ठ्यारोमा परेको अवस्थामा वडा कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ । लकडाउनको बेला सङ्घीय सरकारले एक जिल्लाबाट अर्को जिल्ला, एक पालिकाबाट अर्को पालिका र एक प्रदेशबाट अर्को प्रदेशमा जान रोक लगाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि image

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुने भएको छ। दिउँसो १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक...

  • चितवनको घुर्केश गाउँमा घरबास सञ्चालन image

    चितवनको घुर्केश गाउँमा घरबास सञ्चालन

    चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास होमस्टे सञ्चालनमा ल्याएको छ । पर्यटन प्रवद्र्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका...

  • पर्यटकीयस्थल दोलालघाटमा मोटरबोट परीक्षण image

    पर्यटकीयस्थल दोलालघाटमा मोटरबोट परीक्षण

    काभ्रेपलाञ्चोक । जिल्लाको पर्यटकीयस्थल भुम्लु गाउँपालिका दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । यसका लागि सम्झौताअनुसार परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ...

  • घर जित्ने विजेता आज घोषणा हुँदै image

    घर जित्ने विजेता आज घोषणा हुँदै

    काठमाडौं । ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको घोषणा हुँदै छ । इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्स र सुरक्षित कारोबारलाई प्रोत्साहन गर्न दुई वर्षअघि उक्त अभियान घोषणा...


hotelghyampedanda