निजामती कर्मचारीमा उच्च रक्तचापको समस्या सर्बसाधारणमा भन्दा अधिक हुनुमा माधक पदार्थ सेवन प्रमुख एक कारण हाे। आधुनिकतासंगै आएका विकाश तथा परीवर्तनले मानव जीवनमा अत्यन्तै सहजता थपिदिएको छ । अर्का तर्फ यसका कारण जिवनशैलीमा परीवर्तन हुँदा उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्या विश्वब्यापी जनस्वास्थ्य समस्या मध्य एक प्रमुख समस्याको रुपमा विकसित भैरहेको छ।
मुटु तथा उच्च रक्तचापका विरामीहरु दिनानुदीन बढ्दै गैरहेका छन् । जनमानसमा चेतनाको अभिवृद्वि तथा ब्यक्तीगत जिबनसैलि परिवर्तन द्वारा नर्सने रोगको जोखिम न्युनिकरण गर्न सकीने कुराहरु विभिन्न समयमा प्रकासन भएका खोज तथा अनुसन्धान प्रतिवेदनहरुले देखाएका छन् । तथापि, अल्पविकशीत तथा विकाशोन्मुख राष्ट्रहरुमा रक्तचापको समस्या अस्वाभाविक रुपमा बृद्वि भई रहेको देखिन्छ ।
दक्षीण एशियाली राष्ट्रहरु भारत, बङ्गलादेश लगाएत नेपाल यसको अती जोखिममा रहेकोछ, जसमा नेपाल अफगानिस्थान पछि दोस्रो उच्च रक्तचापका विरामि रहेको मुलुक रहेको कुरा विश्व स्वास्थ्य संगठनले बताएको छ । नेपालमा गरिएको एक अध्ययन अनुसार निजामती कर्मचारी हरुमा उच्च रक्तचापको समस्या सर्बसाधारण ब्यक्ति हरुमा भन्दा बढि देखिएको छ । मेडिकल जर्नल अफ क्लिनिकल ट्राएल एण्ड केश स्टडिज भन्ने एक अन्तराष्ट्रिय पियर रिभ्यिूड जर्नलमा प्रकाशित उक्त खोज प्रतिबेदन, एनालाईटिकल क्रस–सेक्सनल अध्ययन पद्वती बाटसंघिय लोकतान्त्रिक लेपालको प्रदेश नंवर ५ अन्तर्गतका जिल्लाहरुमा गरिएको थियो ।
उक्त अध्ययनमा निजामती सेवाका विभिन्न सेवा, समुहमा कार्यरत सहायक स्तर देखि उप सचिव स्तर सम्मका अप्राविधिक कर्मचारीहरुको सहभागिता थियो ।उक्त बध्ययनमा ६८ जना महिला र १७९ जना पुरुष गरी जम्मा २४७ जना समावेश थिए । विश्व स्वास्थ्य संगठले तयार पारेको स्टेप सर्भे निर्देशिका लाई आधार मानी तयार पारिएको प्रश्नावली प्रयोग गरी अध्ययन सम्पन्न गरिएको हो ।
उक्त प्रश्नावलीमा जम्मा ३ प्रकारका प्रश्नहरु प्रयोग भएका थिए, जसमा क्रमसः १) सोसियो–डेमोग्राफिक एण्ड इकोनोमिक फ्याक्टर्स, २) क्लिनिकल फ्याक्टर्स र ३) प्रिडिस्पोन्जिङ फ्याक्टर्स रहेको थीयो । उच्च रक्तचापको प्रिभ्याभ्यालेन्स बृद्वि उच्च हुँदै गैरहेको परिप्रेक्षमा यस अध्ययन अनुसार पनि उच्च रक्तचापको प्रिभ्यालेन्ससर्वसाधारण जनतामा भन्दाा बढी २७.९ प्रतिशत रहेको छ, जहाँ नेपाल स्वास्थ्य अनुसन्धान परिषधको प्रतिवेदन अनुसार सर्वसाधारण जनतामा उच्च रक्तचापको प्रिभ्यालेन्स जम्मा २० प्रतिशत मात्र रहेको छ ।
यो अवस्था भनेको सर्वसाधारण जनतामा भन्दा निजामती कर्मचारीहरुमा७.९ प्रतिशतले बढि रहेको छ भन्ने बुभिन्छ । त्यसै गरी लैङ्गितालाई आधार मानेर हेर्ने हो भने उच्च रक्तचापको अवस्था महिला कर्मचारीहरुमा ८.८ प्रतिशत र पुरुष कर्मचारीहरुमा ३५.२ प्रतिसत रहेको छ ।
अध्ययनले उच्च रक्तचापको कारक तत्वहरुको बारेमा पनि अध्ययन गरेको थियो । जस अनुसार नेपालका अधिकांस निजामती कर्मचारी निष्कृय जिवनशैली अपनाउने गरेको कुरा अध्ययनले देखाएको छ, जुन उच्च रक्तचापको प्रमुख एक कारण हो ।जसमापुर्ण निष्कृय ५.३ ५ मध्यम सकृय ६१.१ ५ छ भने ३३.६ ५ लेपुर्ण सकृय जिवनशैली अपनाउने कुरा देखिएको छ ।
अध्ययनबाट निजामती कर्मचारीहरुमा उच्च रक्तचाप गराउने एक प्रमुख कारक तत्व माधक पदार्थ सेवन पनि रहेको देखिएको छ । माधक पदार्थ सेवन उच्च रक्तचाप बढाउने एक जोखिम तत्व भएको र माधक पदार्थ सेवन गर्ने हरुको संख्या दिनानुदिन बढ्दै गैरहेको कुरा समय समयमा प्रकासन हुने खोज प्रतिवेदनहरुले देखाए जस्तै यस अध्ययनले पनि उच्च रक्तचाप र माधक पदार्थ सेवन विचको सम्वन्ध तथ्याङ्कगत रुपमा एक महत्वपुर्ण कारक रहेको (स्टाटिस्टिकल्ली सिग्निफिप्यान्ट) देखिएकोछ (पि भ्यालु = ०.०२)। त्यसैगरी अन्य अध्ययनमा जस्तै अत्याधिक नुन सेवन, मधुमेह लगाएतका कारक तत्व पनी उच्च रक्तचापका कारक रहेको कुरा यस अध्ययनले देखाएको छ ।
उच्च रक्तचाप लगाएतका नसर्ने रोगहरु हाम्रो जिवनशैलि र खानपान संग प्रत्यक्ष सम्वन्ध राख्दछन, यसलाई ख्याल गरी स्वस्थ्य जिवन शैलि अपनाउन सके धेरै प्रकारका नसर्ने रोगको जोखिम बाट टाढा रहन सकिन्छ । निजामति कर्मचारीहरु समाजका बाहक हुन ।
धेरै मानिसहरु उनीहरुको जिवनशैली अनुशरण गर्दछन अतः निजामती कर्मचारीहरुको स्वस्थ्य ब्यबहार परिवर्तनका कार्यक्रम लागु गरी उनीहरुको खानपान तथा जिवनशैली परिवर्तन गराउनप्रेरितगर्नु पर्ने आवश्यकता देखिन्छ जसले गर्दा समाजमा एक किसिमको प्रतिष्ठा बोकेका कर्मचारीहरुको जिबनशैली सर्बसाधारण ब्यक्तीहरु पनी अनुसरण गरी स्वस्थ्य आचरणको जिवनशैली यापन गर्न सक्दछन ।
खाद्य सामाग्रीमा नुनको प्रयोग नितिमा नियमन, माधक पदार्थ सेवन लाई निरुत्साहित गर्ने कार्यक्रम तथा कार्यलयमा शारिरीक ब्यायाम गर्ने संस्कार विकाश गर्न सके देशको निति–नियम कार्यान्वयन गराउने हाम्रा निजामति कर्मचारीहरुलाई रोगको समस्या बाट बचाउन सकिने थियो जसले गर्दा उनीहरुको कार्य क्षमता वृद्वि भई देशको पुण कर्मचारी तन्त्रले नै एक फड्को मार्न सक्ने थियो ।
लेखक/ महेन्द्र गिरी
स्वास्थ्य कर्मी
एम पि एच इन इपीडेमियोलोजि
नेपाल सरकार, स्वास्थय तथा जनसंख्या मन्त्रालय
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
दार्चुला, व्यास–१ । नेपालको नक्सामा चुच्चो भएर ठडिएको सुदूर हिमाली गाउँ टिंकर, जसको प्राकृतिक सुन्दरता अतुलनीय छ, तर राज्यको नजरमा अझै ओझेलमा परेको छ। यहाँका सौका समुदायका बासिन्दा वर्षको...
शिक्षा राष्ट्रको मेरुदण्ड हो। कुनै पनि राष्ट्रको समुन्नति, प्रगतिशीलता र दिगो विकासको प्रमुख आधार सशक्त र समयसापेक्ष शिक्षा प्रणालीमा निर्भर हुन्छ। नेपालमा पछिल्ला दशकहरूमा शिक्षामा उल्लेख्य सुधार भए पनि...
श्रीहरि सेल्फ रियलाइजेशन फाउन्डेशनद्वारा प्रचारित श्रीहरि आरोग्य साधना एक गहन आध्यात्मिक र स्वास्थ्यवर्धक अभ्यास हो, जसले तप, सेवा, सुमिरन र समर्पणको माध्यमबाट व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक कल्याणलाई सन्तुलनमा...
भक्तपुर । नेपालको सांस्कृतिक राजधानीको रूपमा चिनिने भक्तपुर शहर विश्व सम्पदामा सूचीकृत एक प्राचीन नगरी हो। यो शहर कला, संस्कृति, परम्परा र समुदायको जीवन्तताले भरिपूर्ण छ। भक्तपुरलाई कला र...