भर्खरै : Sorry, your browser does not support inline SVG.

सकियाे ‘तिम्रो घरको वरिपरी’

सकियाे ‘तिम्रो घरको वरिपरी’

करिब ७ दिन लगाएर  ‘तिम्रो घरको वरिपरी’ बोलको गीतको छायांकन सकिएको छ । यस टिमले चलचित्रको छायांकन नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गरेको हो ।

यो गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ भनेअर्जुन पोखरेलको संगीत रहेको छ। गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन छ । यो गीतमा चलचित्रका मुख्य कलाकारहरु नायिका पूजा शर्मा र नायक पल शाह रोमान्टिक देखिएका छन् ।