२८ बैशाख २०७७ चामुण्डा । दैलेखको चामुण्डा नगरपालिका–४ स्थित सातटाकुरामा झडप भएपछि एक प्रहरीसहित तीन जना घाइते भएका छन् । पहिले भनिएको ठाँउ भन्दा फरक ठाँउबाट सडक लिने भन्ने विषयमा विवाद भएको र उक्त विवादले चरमरुप लगेपछि झडप भएको स्थानीयले बताएका छन् ।
धनपाया, आधिघर हुँदै सातटाकुरा लाने सडक नलगिएको भन्ने विवादमा भएको झडपमा प्रहरी जवान भीमबहादुर सुनार, सातटाकुराका कमल शाही र रमेश शाही घाइते भएको इलाका प्रहरी कार्यालय दुल्ुले जनाएको छ । घाइते कमल शाहीको उपचार दैलेख जिल्ला अस्पताल, प्रहरी जवान सुनार र रमेश शाहीको उपचार दुल्लू अस्पतालमा भइरहेको प्रहरीको भनाई छ ।
विवादलाई साम्य पार्न घटनास्थल पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर गरेको स्थानीयको भनाई छ । अहिले इलाका प्रहरी कार्यालय दुल्लूबाट इञ्चार्ज हिक्मत बोहोरा नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
कर्णाली प्रदेश सरकारको २५ लाख र चामुण्डा बिन्द्रासैनी नगरपालिकाको ५ लाखमा धनपायाबाट सातटाकुरा–नाव सालडाँडा हुदै जंगलसम्म १३ किलोमिटर सडक खन्न रमेश शाहीको अध्यक्षतामा गठित उपभोक्ता समितिको सट्टा अर्को उपभोक्ता समिति पनि नगरपालिकामा दर्ता गराउन ल्याएको विषयमा विवाद सुरु भएको स्थानीयको भनाई छ ।
उपभोक्ता समितिको विवाद चर्काउन जग्गाधनी कमल शाहीलाई जग्गा नदिन खोजेका तर उहाँलाई समेत सहमत गराएर सडक खन्न डोजर लगाइरहेको बेला उच्छृंखल व्यक्तिहरुले विवाद निकालेपछि बोलाइएको प्रहरीमाथि आक्रमण भएको नगरपालिका उपप्रमुख तारा शाही खत्रीले बताएकी छन् ।
नगरपालिकाको माग अनुसार सामाजिक दूरी कायम गरी काम सञ्चालन गर्न अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–३...
सुर्खेत । ठुलो तथा मझौला खालका उद्योधन्दा नभएको कर्णालीमा एक वर्षको अवधिमा एक हजार ७ सय ६८ वटा साना उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०८०, ०८१ मा...
सूर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले गरेका निर्णय सार्वजनिक गरिएका छन् । बैठकले विभिन्न १८ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । बैठकले...
मुगु । हिउँ जमेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस सातमोडमा अलपत्र परेका छन् । सडकमा हिउँ र बरफ जमेका...