११ जेष्ठ २०७७, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षार्थ खटिएका प्रहरी फिर्ता गरेका छन् । जिल्ला प्रहरी कार्यालयका लागि आवश्यक रहेको भन्दै आफ्नो सुरक्षामा खटिएका प्रहरी फिर्ता गरेका हुन् ।
कोरोनाभाइरस (कोभिड(१९) को महामारीका समयमा सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै आफ्नो सुरक्षामा खटिइएका प्रहरीलाई फिर्ता पठाएको उनकाे सचिवालयले जनाएको छ ।
उनकाे सुरक्षामा खटिएका ८ जना प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए ।
दुई जना प्रहरी नायव निरीक्षक, एक जना प्रहरी सहायक निरीक्षक र ५ जना जवानलाई मुख्यमन्त्रीले जिल्ला प्रहरी कार्यालयमा पठाएको सचिवालयले जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जाजरकोट । रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट घरमा क्षति भएपछि सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका बढी समस्यामा परेका छन् । त्रिपालको सहारामा बस्नुपर्दा चिसोका कारण विभिन्न खालका स्वास्थ्य समस्या...
जाजरकोट । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको महिना हुन लागेको छ ।...
काठमाडौं । रोजगारीका लागि बेलायत जाने ७१ जना नर्सको नाम छनोट गरेको छ । नेपाल र बेलायतबीच नर्स लैजाने सहमति भएअनुसार वैदेशिक रोजगार विभागले अन्तरवार्ताका लागि ७१ जना नर्स...
काठमाडौं । सम्पर्कविहीन भएका २६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन नेपाल प्रहरीले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज सूचना जारी गर्दै हाजिर आग्रह गरेको हो ।...