मित्रहरू आज गणतन्त्र दिवस
गणतन्त्र दिवसले स्थायित्व पाओस
जनताले रगत बगाई ल्याएकाे
गणतन्त्रमा गाँठे नेताहरूले
माेजमस्ती गर्न थाले
जनताकाे रगतमा रम्न थाले
जनता काेराेनाले आक्रान्त छन्
नेता जति राजधानीमा छन्
जनता क्वारेन्टीनमा छटपट्टी रहेछन्
जनताले कस्काे आश भराेसा गर्ने ?
देश सामाजिक र आर्थिक रूपले चुलुर्म डुव्नेछन्
सत्तामा बस्नेहरू खाईपाई आएकाे भनी
पद सह्मालेर राज गर्दैछन्
जनता नेतालाई कड्केर बाेल्छन्
सुन्ने कसले ?
सत्ता सम्हालेर जान्छ जति पनि कानै चिरेका मात्र
लाटाेकाे देशमा गाँडाे तन्नेरीहरू मात्र
जति जाेगी आए पनि कानै चिरेका
ताताे न छाराे कसलाई प्याराे नलाग्ला
त्यही रूपैया डलर ?
सत्तामा बसुनजेल त हाेनी भन्दै हसुरेका छन् ?
गणतन्त्रकाे अर्थ बुझेकाे खाेई ?
आज गणतन्त्र दिवस हाे रे ?
जनतालाई बेल पाक्याे
हर्ष न विस्मात !
लेखक- कुमार लघु
२०७७/२/१५ गते सिती नखा

