हर्ष न विस्मात !

हर्ष न विस्मात ! image

मित्रहरू आज गणतन्त्र दिवस
गणतन्त्र दिवसले स्थायित्व पाओस
जनताले रगत बगाई ल्याएकाे
गणतन्त्रमा गाँठे नेताहरूले
माेजमस्ती गर्न थाले

जनताकाे रगतमा रम्न थाले
जनता काेराेनाले  आक्रान्त छन्
नेता जति राजधानीमा छन्
जनता क्वारेन्टीनमा छटपट्टी रहेछन्

जनताले कस्काे आश भराेसा गर्ने ?
देश सामाजिक र आर्थिक रूपले चुलुर्म डुव्नेछन्
सत्तामा बस्नेहरू खाईपाई आएकाे भनी
पद सह्मालेर राज गर्दैछन्

जनता नेतालाई कड्केर बाेल्छन्
सुन्ने कसले ?
सत्ता सम्हालेर जान्छ जति पनि कानै चिरेका मात्र
लाटाेकाे देशमा गाँडाे तन्नेरीहरू मात्र
जति जाेगी आए पनि कानै चिरेका
ताताे न छाराे कसलाई प्याराे नलाग्ला

त्यही रूपैया डलर ?
सत्तामा बसुनजेल त हाेनी भन्दै हसुरेका छन् ?
गणतन्त्रकाे अर्थ बुझेकाे खाेई ?
आज गणतन्त्र दिवस हाे रे ?
जनतालाई बेल पाक्याे
हर्ष न विस्मात !

लेखक- कुमार लघु
२०७७/२/१५ गते सिती नखा 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.